काठमाण्डौंः सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शुक्रवार भएको दोस्रो खेलमा मध्यपुर युथ एसोसिएशनले टुसाल क्लबलाई दुई-शून्यले पराजीत गरेको छ।
एन्फा मैदान ललितपुरको सातदोबाटोमा भएको दोस्रो खेलमा टुसाललाई हराएको मध्यपुरले पहिलो जित निकालेको हो । मध्यपुरका धिरज श्रेष्ठ र कैलाश लामिछानेले एकरएक गोल गरे।
जितसँगै मध्यपुरले सात खेलमा चार अङ्क जोडेको छ। टुसाल आठ अङ्कका साथ सातौँ स्थानमा छ। शुक्रवार नै भएको पहिलो खेलमा सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई तीन–दुईले हराएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया