भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

असार मसान्तसम्म मेलम्चीको पानी सुन्दरीजल खसाल्ने चिनियाँ कम्पनीको दावी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने जिम्मा पाएको चिनियाँ कम्पनीले काम सुरु गरेसँगै निमार्णको काममा तिब्रता आएको छ ।

चिनियाँ कम्पनीले दुई सिफ्टमा काम गरेर भएपनि आउँदो असार मसान्तसम्म पानी सुन्दरीजल खसाल्ने दावी गरेको छ । २१ र २२ कात्तिकमा संघिय संसदको विकाश तथा प्रविधि समितिले गरेको स्थलगत अनुगमनमा इटालियन कम्पनीले छोडेर गएको काम चिनियाँ कम्पनिले सुरु गरे सँगै मेलम्चीको पानी काठमाडौं झर्ने आशा पलाएको हो ।

इटालियन ठेकदार कम्पनी सीएमसीले निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाबाट हात झिकेपछि अन्योलमा रहेको आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरु गरेसँगै तत्कालका लागि अन्योल हटेको छ । कम्पनीले ५० जना चिनियाँ र एक सय जना नेपाली कामदारबाट काम सुरु गरी सकेको छ । कम्पनीले आउदो असार मसान्तभित्र पानी सुन्दरीजल खसाल्ले योजनाका साथ हप्ता दिन भित्र थप एक सय जना कामदार थपेर दुई सिफ्टमा काम गर्ने भएको छ ।

स्थानीय ठेक्दार विष्णुमणि आचार्य भन्छन्, कम्पनीले मिति नै घोषणा गरेर काम सुरु गरेपनि मेलम्चीको पानी अबको छ महिनामा काठमाडौं आउनेमा विश्वस्थ हुनसक्ने कुनै आधार छैन् । कामदारहरुको रकम सीएमसीले भुक्त्तानी गर्न नसकेका कारण स्थानीय ठेक्दारहरुले काम अवरोध गर्ला कि भन्ने मनमा पिर पनि छ ।

सीएमसीले स्थानीय ठेकेदार र सप्लायर्सहरुलाई करिब एक अर्ब ६६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । यता, स्थानीयबासी सडक पूर्वाधार निमार्णमा भएको ढिलाईलाई लिएर आक्रोष छन् । उनीहरुले सिन्धुपाल्चोकको पानी काठमाडौं लाने भए रोयल्टी बाँडफाँड, एक घर एक धारा उपलब्ध गराउनु पर्ने लगायतका माग गर्दै आएका छन । अनुगमनका लागि पुगेको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिसँग सिन्धुपाल्चोका जनप्रतिनिहरुले मेलम्ची, सिन्धु र हेलम्वुका समस्या समाधान नभए अवरोध हुनसक्ने बताएका छन । सिन्धुपाल्चोक २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शेर बहादुर तामाङ र हेलम्वु गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीयको समस्या समाधान गर्न सम्बन्धित पक्षले चासो नदेखाएको भन्दै दुखेसो पोखे ।

अनुगमनमा मेलम्ची पुगेकीन् खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले स्थानीय जनताको मागलाई सम्बोधन गर्न सरकार गम्भीर रहेको भन्दै खानेपानी आयोजनामा देखिएका समस्या समाधान गरी छिटो सम्पन्न गर्न सरकार एकरुपताका साथ अगाडि बढ्ने कुरामा अडिग रहेको बताइन् ।

यस्तै, अनुगमनका लागि पुगेकिन् प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिकासभापति कल्याणी खड्काले पनि स्थानीयको माग सम्बोधन गर्न समितिले पहल गर्ने बताइन् ।

सरकारले चालू आर्थिक वर्षभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा नीति तथा कार्यक्रममार्फत गरिसकेको छ । निर्धारीत समयमा काम सम्पन्न गरे बोनस दिने र ढिलो गरे फाइन तिर्नेगरी सम्झौता भएको छ । २९ मंसिरमा इटालियन कम्पनी सिएमसीले आयोजनाको काम छोडेपछि २४ माघमा सिएमसीसँगको ठेक्का तोड्ने निर्णय गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गृहमन्त्री गुरुङ नुवाकोटमा, राहत तथा उद्धारको स्थलगत निरीक्षण
२०८३ भाद्र ११, बिहिबार
रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग
२०८३ भाद्र ११, बिहिबार
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग
२०८३ भाद्र ११, बिहिबार
टप एन्ड टी–२० सिरिज : हैदरावादसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ११, बिहिबार
वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष
२०८३ भाद्र ११, बिहिबार
कर्णाली प्रदेश सरकारमा नेकपाबाट तीनजना मन्त्री नियुक्त
२०८३ भाद्र ११, बिहिबार
कर्णाली काँग्रेसका प्रदेश सभा सदस्यहरूले भोटेकोशी बाढीपीडितलाई रु. दुई लाख २५ हजार सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार