असार २३, २०८२ सोमबार July 7, 2025

गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काठमाडौँको स्युचाटारमा वीर गणेशमान सिंह स्मृति बागमति प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता शुरु भएको छ ।

सोमबारदेखि शुरु भएको खेलमा पुरुष ५२ किलो तौलतर्फ आइएमटीडिओका नारायण भुजेलले टीवाइसीका पदम शाही ठकुरी तथा बक्समान्डुका वाङदी शेर्पाले टीवाइसीका राजन भट्टलाई पराजित गर्नुभयो । यस्तै पुरुष ५६ किलो तौलतर्फ सिन्धुलीका अजय चौधरीले मकवानपुरका महेन्द्र राईलाई तथा बक्समान्डुका सुरज महर्जनले सीबीसीका लक्ष्मीप्रसाद जोशीलाई पराजित गर्नुभयो ।

यसैगरी पुरुष ६० किलो तौलतर्फ नक्साल ए का मौसम राना मगरले मेघदूतका निरज गौतमलाई, ललितपुरका आभाषप्रताप शाहले एप्रोका अनिश थापा मगरलाई, एसडब्लुटीएसबीका सञ्जोक विष्टले चितवनका विवेक गुरुङलाई, सिन्धुलीका निमा दावा तामाङले पाटनका रायन महर्जनलाई, थानकोटका विजनगोपाल श्रेष्ठले रामेछापका नेत्र तिरुवालाई तथा टीवाइसीका अनिल पुन मगरले सीबीसीका विकास गुरुङलाई पराजित गर्नुभयो ।

यस्तै पुरुष ६४ किलो तौलमा ललितपुरका सनिल शाहीले टीकाथलीका निशान दास, रसुवाका रोविन प्रधानले एफप्रोका प्रनिमेश थापालाई, धादिङका पवन गुरुङले टीवाइसीका दिनेश भण्डारीलाई, सीबीसीका कमल श्रेष्ठले एसडब्लुटीएसबीका तुफान शाहीलाई, प्लाटिनमका अविश्वनदेव श्रेष्ठले रामेछापका सुमन श्रेष्ठलाई तथा बक्समान्डुका चन्द्रदेवा तामाङले थानकोटका मनीष श्रेष्ठलाई पराजित गर्नुभयो ।

आयोजक नागार्जुन बक्सिङ खेलकुद समितिका अध्यक्ष सन्तोष बुढाथोकीका अनुसार प्रतियोगितामा १७३ खेलाडीको सहभागिता रहेको छ । नागार्जुन नगरपालिकाको विशेष सहयोगमा शुरु भएको प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ किलो तथा पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ किलो माथिको तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताका प्रत्येक तौल समूहका विजेताले रु १० हजार, दोस्रो हुनेले रु सात हजार र तेस्रो हुनेले रु चार हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताका उत्कृष्ट महिला खेलाडीलाई एक थान स्कुटर तथा पुरुष खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिने अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया