भाद्र २८, २०८३ आइतबार September 13, 2026

बालुवाटारमा सर्वदलीय बैठक सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु बैठकमा भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि चर्किएको सीमा विवादका बारेमा छलफल हुनेछ।

दलका शीर्ष नेता र केही विज्ञलाई बैठकमा बोलाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। बैठकले सीमा विवादका विषयमा सामूहिक धारणा तय गर्ने अपेक्षा गरिएको छ।

भारतको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएपछि नेपालमा त्यसको चर्को विरोध भइराखेको छ। सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसका युवा संगठनले संयुक्त आन्दोलन चर्काइरहेका बेला सरकारले सर्वदलीय बैठक बोलाएको हो।

बैठकमा सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधनवकुमार नेपाल, समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँगै मन्त्रिपरिषदका सदस्य र नेकपा शीर्ष नेतासँगै विभिन्न दलका शीर्ष नेताको सहभागीता रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार
मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ
२०८३ भाद्र २८, आइतबार
समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
२०८३ भाद्र २८, आइतबार
जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउन गृहकार्य भइरहेको छ: ऊर्जामन्त्री श्रेष्ठ
२०८३ भाद्र २८, आइतबार
एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि
२०८३ भाद्र २८, आइतबार
मधेसमा इन्जिनियरिङ अध्ययनका लागि क्याम्पस खोल्ने तयारी
२०८३ भाद्र २८, आइतबार
पशुपतिनाथ मन्दिर बिहान ३ बजेदेखि चारै ढोका खोलिने, सुरक्षा व्यवस्था कडा
२०८३ भाद्र २८, आइतबार