मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

सरकार सबै देशसँग मैत्री सम्बन्ध राख्न प्रतिबद्ध : मन्त्री ज्ञवाली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल द्विपक्षीयस्तरमा आफ्ना छिमेकी र विश्वका अन्य सबै देशसँग मैत्री सम्बन्ध कायम राख्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल विश्व सम्बन्ध परिषद्को ७३औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधनका क्रममा उहाँले नेपालको संविधानले राष्ट्रिय हितका मूल आधारभूत परिभाषाका साथै संयुक्त राष्ट्र सङ्घको बडापत्र, असम्लग्नता, पञ्चशील, अन्तर्राष्ट्रिय कानून र विश्वशान्तिका मापदण्डमा निहित सिद्धान्तहरूको पालनाका साथ स्वतन्त्र परराष्ट्र नीतिको अनुशरण गर्न मार्गदर्शन गरेको बताउनुभयो ।

पछिल्लो चरणमा दुवै छिमेकी भारत र चीनसँगको सम्बन्ध थप सौहार्द बनेको धारणा व्यक्त गर्दै उहाँले नेपालले आफ्नो भूमिमा छिमेकीविरूद्ध कुनै गतिविधि नगर्न प्रतिबद्धता पूरा गरेको बताउनुभयो । भारतसँगको उच्चस्तरीय आर्थिक साझेदारीले नेपालले महत्वपूर्ण परियोजनामा राम्रो प्रगति हासिल गरेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले चीनसँग पनि घनिष्ट एवं सौहार्दपूर्ण सम्बन्ध रहेको र नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपालले छिमेकीबाहेक विकास साझेदारका साथै नेपाली आप्रवासी कामदारको गन्तव्य देशसँग घनिष्ट र सहकारी सम्बन्ध कायम राखेको उहाँको भनाइ थियो । विकास साझेदार र ठूला शक्तिहरुसँग पनि नेपालको सम्बन्ध सदैव सौहार्दपूर्ण र सहयोगी नै रहेको मन्त्री ज्ञवालीले बताउनुभयो ।

महामारीका समयमा पनि नेपालले राम्रो प्रदर्शन गरेको र सबै नागरिकलाई निःशुल्क कोराना विरुद्धको खोपहरू उपलब्ध गराएको बताउँदै उहाँले यस अवधिमा गरिबी निवारण, प्रतिव्यक्ति आम्दानी, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइ, ऊर्जा उत्पादन, पूर्वाधार निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको तथ्याङ्क सुनाउनुभयो ।

मन्त्री ज्ञवालीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपतिबाट यही फागुन २३ गते संसद्को बैठक बोलाउन आह्वान भइसकेको बताउँदै सरकार लोकतान्त्रिक प्रक्रियाप्रति दृढ प्रतिबद्ध रहेको संवैधानिक प्रणालीमा पूर्ण विश्वास राख्न भन्नुभयो । कार्यक्रममा परिषद्का अध्यक्ष हेमन्त खरेल, सचिव भुवन पाठकलगायतले परिषद्को गतिविधि र दृष्टिकोणबारे प्रकाश पार्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार