काठमाडौंः बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सेभिया विरुद्धको सेमिफाइनल खेल समग्रमा ३–२ ले जित्दै बार्सिलोना फाइनलमा पुगेको हो ।
सेमिफाइनल पहिलो लेगमा बार्सिलोना २–० ले पराजित भएको थियो । तर गएराति भएको दोस्रो लेगको खेलको निर्धारित समयमा बार्साले २–० कै जित निकाल्यो ।
खेलमा सेभियाका रेगेस र डे योङले रातो कार्ड खाएपछि टोली ९ जनामा समेटिएको थियो । बार्सिलोनाले अब उपाधिका लागि एथ्लेटिक बिल्बाओ र लेभान्तेबिचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया