मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

गणेशमान सिंह स्मृति बक्सिङ – चन्द्र र रमिसा उत्कृष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बक्समाण्डुका चन्द्र तामाङ र आरडीएसकी रमिसा श्रेष्ठ आज काठमाडौँमा सम्पन्न वीर गणेशमान सिंह स्मृति वाग्मती प्रदेश स्तरीय बक्सिङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ ।

तामाङले पुरुषतर्फ उत्कृष्ट हुँदै एक थान मोटरसाइकल तथा श्रेष्ठले महिलातर्फ उत्कृष्ट हुँदै एक थान स्कुटर पुरस्कार प्राप्त गर्नुभयो । आज भएको पुरुष ६९ किलो तौल समूहको फाइनल खेलमा तामाङले आरडीएसका करणसिंह ठकुरीलाई पराजित गर्नुभएको हो भने श्रेष्ठले महिला ४८ किलो तौल समूहमा नक्सालकी सुस्मिता तामाङलाई फाइनलमा पराजित गर्नुभएको हो ।

यसैगरी महिला ५१ किलो तौल समूहमा नक्सालकी रोशनी राईले बोसिगाउँकी हरिना ऐरलाई हराउँदै स्वर्ण पदक जित्नुभयो । महिला ५४ किलो तौल समूहमा थानकोटकी सुशीला ब्लोनले आरडीउसकी सदिक्षा मगरलाई पराजित गर्दै स्वर्ण जित्नुभयो । यसैगरी महिला ५७ किलोतर्फ रामेछापकी डोल्मा तामाङले नक्सालकी शिवानी श्रेष्ठलाई महिला ६० किलोतर्फ बक्समाण्डुकी डिचेन शेर्पाले रसुवाकी सजिता चौधरीलाई तथा महिला ६४ किलो तौल समूहमा बक्समाण्डुकी हेमा राईले नक्सालकी अम्बिका गहतराजलाई पराजित गर्दै स्वर्ण पदक प्राप्त गर्नुभयो ।

यस्तै पुरुष ४९ किलोतर्फ नुवाकोटका मोहन गुरुङ पहिलो हुनुभयो । उहाँले काभ्रेपलाञ्चोकका धर्मेन्द्र राईलाई पराजित गर्नुभयो । यस्तै पुरुष ५२ किलोतर्फ कोट्स्य भैरवका सुमन नेपालीले बक्समाण्डुका वाङदी शेर्पालाई पराजित गर्नुभयो । पुरुष ५६ किलो तौल समूहमा बुद्ध लामाले प्रशान्त लामालाई तथा ६० किलोतर्फ गणेश थापाले मौसम रानालाई पराजित गर्दै स्वर्ण जित्नुभयो । पुरुष ६४ किलोमा ललितपुरका सनिल शाहीले स्वर्ण जित्नुभयो । उहाँले प्लाटिनमका अश्विदेव श्रेष्ठलाई पराजित गर्नुभयो ।

पुरुष ७५ किलोमा कोसिश श्रेष्ठले रुपक नेपालीलाई तथा पुरुष ८१ किलोतर्फ केशर खत्रीले कृष्णराज गिरीलाई हराउँदै स्वर्ण पदक जित्नुभयो । स्वर्ण विजेतालाई जनही रु १० हजार, दोस्रो हुनेलाई रु सात हजार तथा तेस्रो हुनेलाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिएको छ । उहाँहरुलाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, मोहन बस्नेत, आयोजक नागार्जुन बक्सिङ खेलकूद समितिका अध्यक्ष सन्तोष बुढाथोकीलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Sudurpaschim lifts maiden NPL trophy
२०८३ मंग्सिर ५, शनिबार
युवालाई उद्यमशीलता र रोजगारीमा जोडिन ओलीको आग्रह
२०८३ मंग्सिर ५, शनिबार
एनपिएलका आठ वटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिदिने प्रधानमन्त्रीको घोषणा
२०८३ मंग्सिर ५, शनिबार
दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न
२०८३ मंग्सिर ५, शनिबार
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ५, शनिबार
देश समृद्ध बनाउँदै भ्रष्टाचार अन्त्य गर्ने अभियानमा छु : सभामुख अर्याल
२०८३ मंग्सिर ५, शनिबार
प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जानुहुँदै
२०८३ मंग्सिर ५, शनिबार