काठमाण्डौः सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिक नामका सन्दर्भमा आइतबार गरेको फैसला कार्यालय समयमा नै प्राप्त भई दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गर्ने आयोगको २०७५ जेठ २३ र २०७५ कात्तिक ९ मा भएको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरिएको सम्बन्धी फैसला प्राप्त भएको जानकारी दिए ।



प्रतिक्रिया