काठमाण्डौंः तारकेश्वर नगरपालिका–३ स्थित ऐतिहासिक तथा धार्मिक तारकेश्वर महादेव मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । जीर्णावस्थामा पुगेको मन्दिर काठमाडौँ महानगरपालिका र नगरपालिकाको रु दुई करोडको लागतमा पुनःनिर्माण भएको हो ।
काठमाडौँ उपत्यकाको उत्तरतिर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने मन्दिर जितपुरफेदीबाट अल्ले ब्यारेक हुँदै पुग्न सकिन्छ । प्राकृतिक सौन्दर्यको खानी शिवपुरी पर्वतमालाको काखमा रहेको तारकेश्वर महादेव मन्दिर हिन्दू धर्मावलम्बीको महत्वपूर्ण धार्मिक तीर्थस्थल हो जहाँ जनैपूर्णिमाको दिन ठूलो मेला लाग्छ ।
पहारामा रहेका तारकेश्वर महादेवको पूजार्चना गर्न थुप्रै भक्तजन जाने गर्छन् । पहरामा रहेको महादेवको पूजा गर्न राखिएको फलामे भ-याङ पनि जीर्णावस्थामा पुगेको थियो । नगरपािलकाका प्रमुख रामेश्वर बोहराले ऐतिहासिक तथा धार्मिकस्थलको थप संरक्षण र व्यवस्थापन गर्न नगरपालिकाले पहल गर्ने बताउनुभयो ।
जीर्ण मन्दिरको पुनःनिर्माण भएसँगै मन्दिर क्षेत्रमा ढुङ्गाको सिँढी, फलामको भ¥याङ, पानीपोखरी, कुण्ड, पाटी, व्यवस्थित शौचालयका साथै बस्नका लागि फलामको कुर्सीसमेत निर्माण गरिएको छ ।
तारकेश्वरबाट करीब एक घण्टा उकालो चढेर द्यौलेश्वर महादेवको शिवलिङ्गमा पुग्न सकिन्छ जहाँबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । नगरपालिकाका उपप्रमुख भवानी डोटेलले मन्दिरको सरसफाइ र सुरक्षाका लागि नगरपालिकाले तत्काल आवश्यक व्यवस्था गर्ने जानकारी दिनुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया