वैशाख २३, २०८१ आइतबार May 5, 2024

सुनको जलहरी राखेको खुशियालीमा दीप प्रज्ज्वलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पशुपतिनाथ मन्दिरमा सुनको जलहरी फेरिएको खुशियालीमा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले आज पशुपतिनाथ मूल मन्दिर परिसरमा दीपावली गरेको छ । पहिले तामाको जलहरी राखिएकामा राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा चाँदीको फेरिएको थियो ।

चाँदीको जलहरी पनि जीर्ण भएपछि गत फागुन १२ गते बुधबार पशुपति क्षेत्र विकास कोषले १०८ सुनको व्यवस्था गरेर स्वर्ण जलहरी राखेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वर्ण जलहरी राख्नुअघि पशुपतिनाथमा प्राण प्रतिष्ठासहित पूजा गर्नुभएको थियो । यसका लागि रु ८० करोड खर्च लागेको कोषले जनाएको छ ।

सुनको जलहरी राख्न सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत रु ३० करोड खर्च गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ १२ गते पशुपतिनाथ मन्दिरमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गर्दै सुनको जलहरी राख्न सरकारका तर्फबाट सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

जीर्ण चाँदीको जलहरीमाथि सुनको जलहरी राखिएको खुशियालीमा दीपावली गरिएको परिषद्का उपाध्यक्ष सुदर्शन भट्टराईले राससलाई जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार