कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

शिवरात्रिमा अखण्ड पूजा गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कैलाली जिल्लाको टीकापुरस्थित शिवमन्दिर व्यवस्थापन समितिले यस वर्ष शिवरात्रिमा अखण्ड अष्टयाम महापूजा गर्ने भएको छ । मन्दिर व्यवस्थापन समितिले फागुन २७ गते शिवरात्रिका दिन बिहान ५ बजेदेखि २८ गते बिहान ५ बजेसम्म अखण्ड अष्टयाम महापूजा गर्ने तयारी थालेको छ ।

यसअन्तर्गत विभिन्न आठवटा चरणमा धार्मिक अनुष्ठान सम्पन्न गर्ने तयारी भएको छ । एक हजार आठ लड्डुको महाभोग, १००८ बेलपत्रको बिल्वार्चनसहित विशेष पूजाअर्चना साथै सन्ध्याकालीन आरती र भजन कीर्तनसहित रात्रि जागरण हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

“शिवरात्रिका लागि मन्दिर परिसरमा सरसफाइ, पानीको व्यवस्था, स्वयंसेवक परिचालन र विभिन्न उपसमिति गठन भई परिचालन भइसकेका छन्”, अध्यक्ष तिमिल्सिनाले भने, “मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजनासहित काम थालेका छौँ ।”

उनले शिव मन्दिर टीकापुर शहर स्थापना सँगसँगै स्थापना भएको हुनाले नगरवासीका लागि ऐतिहासिक महत्व रहेको बताए । “अघिल्लो वर्षभन्दा केही फरक गरौँ भन्ने साथीहरुको मनसायले मेहनत गरेका छौँ । सबैको सहयोग आवश्यक छ”, अध्यक्ष तिमिल्सिनाले भने, “शिवरात्रि विशेष खालका अनुष्ठानहरु गर्ने पर्व हो, यस पर्र्वमा तान्त्रिक अनुष्ठान गर्नाले बिग्नबाधा हट्न जान्छ ।”

“धार्मिक क्षेत्रमा यस भेगकै प्रतिनिधित्व गर्ने संस्था भएका हुनाले यस मन्दिरकै कारण हाम्रो समाज एकढिक्का हुने अवस्था छ, यसको गरिमा बढाउन सबैले खुला हृदयबाट सहयोग गर्न जरुरी छ”, शिक्षक तथा सनातन संस्कृति प्रतिष्ठानका महासचिव चक्रपाणि भट्टराईले भने, “धार्मिक र ऐतिहासिक महत्व बोकेको यस मन्दिर विकास र संरक्षणमा समेत स्थानीय सरकारले चासो दिएको छ । हामी त्यसका सहयात्री भएर सनातन धर्म संरक्षणमा लागेका छौँ ।”

शिवरात्रिका दिन मन्दिर परिसरमा गाँजा, भाङजस्ता लागूपदार्थ प्रयोग गरिएको खानेकुराको बेचबिखन पूर्णरूपमा बन्देज गरिने आयोजकले जनाएको छ । मन्दिरमा सभ्य तरिकाले दर्शन र पूजा गर्ने वातावरण बनाउन मन्दिर व्यवस्थापन समितिले पहल गरिरहेको छ । कैलालीको टीकापुर नगरपालिकाले नगरभित्र रहेका धार्मिक क्षेत्रको संरक्षणमा लगानी बढाएको छ ।

“शिव मन्दिर संरक्षण र विकासका लागि गुरुयोजना निर्माण गर्न थालेका छौँ । रु सात लाख रकम विनियोजन गरेर मन्दिरको गुरुयोजना बन्दैछ”, नगरप्रमुख तपेन्द्रबहादुर रावलले भने, “संस्कृति, मठमन्दिरले समाजलाई जोड्नुका साथै सही मार्ग देखाउने भएकाले प्राकृतिक, सांस्कृतिक र धार्मिक महत्व बोकेका क्षेत्रको संरक्षण नगरपालिकाले गर्छ । हामी मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने अभियानमा जुटेका छौँ ।”

यसका साथै कैलालीकै टीकापुर–७ सत्तीस्थित नेपालकै सबैभन्दा ठूलो शिवलिङ्ग रहेको सयौँ वर्ष पुरानो पदमप्रकाशेश्वर मन्दिरको विकासमा समेत नगरपालिकाले काम थालेको उनको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार
सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान
२०८३ कार्तिक ३०, सोमबार
गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत रुपमा सम्पन्न
२०८३ कार्तिक ३०, सोमबार
एनपिएलको लिग चरण सम्पन्न : लुम्बिनी शीर्ष स्थानमा, सुदूरपश्चिम, काठमाण्डु र चितवन प्लेअफमा
२०८३ कार्तिक ३०, सोमबार
सभामुख अर्यालद्वारा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण
२०८३ कार्तिक ३०, सोमबार
सुनचाँदीको मूल्य घट्यो
२०८३ कार्तिक ३०, सोमबार