काठमाण्डौंः कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुशाहा सुनसरीले जङ्गली जनावरबाट पीडित भएकालाई रु ३९ लाख भन्दा बढी क्षतिपुर्तिबापत रकम दिएको छ ।
आरक्ष कार्यालयले चालु आर्थिक वर्षको अहिलेसम्ममा आरक्षबाट निस्केका जङ्गली जनावरबाट पीडित भएकालाई रु ३९ लाख ९ हजार ७११ क्षतिपुर्तिबापत रकम प्रदान गरेको आरक्षका संरक्षण अधिकृत अशोक रामले जानकारी दिनुभयो ।
आरक्षको कार्यालयले जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएका दुई जनाको परिवारलाई रु १०-० लाख गरेर जम्मा रु २० लाख, घाइते भएका सात परिवारलाई रु ३ लाख ५३ हजार ७११, बालीनाली नष्ट भएका २११ परिवारलाई रु ९ लाख ९३ हजार ५ सय, घरगोठ क्षती गरेका ७९ परिवारलाई रु ४ लाख १८ हजार ५ सय र भण्डारण गरेको अन्नपात क्षती भएबापत रु १ लाख ४४ हजार दिइएको संरक्षण अधिकृत रामले बताउनुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया