कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

देशभर चिसो बढ्यो, काठमाडौं उपत्यकाको तापक्रम यस वर्षकै कम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । देशभर दिनप्रतिदिन चिसो बढ्दै गएको मौसमविद्ले बताएका छन्।

यसै क्रममा आज (मंगलबार) काठमाडौं उपत्यकाको तापक्रम यस वर्षकै कम देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाको तापक्रम १०.८ डिग्री सेल्सियस मापन गरिएको हो। यो यस वर्षकै कम तापक्रम भएको मौसमविद्ले बताएका छन्।

हिजो (सोमबार) काठमाडौं उपत्यकाको तापक्रम ११ डिग्री सेल्सियस थियो।

आजको मौसम
अहिले (मंगलबार बिहानं) देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।

आज देशका पूर्वी क्षेत्रमा सामान्य, पहाडी भेगमा आंशिक बदली र अन्य स्थानमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको मौसमवविद् समीर श्रेष्ठले बताए। उनका अनुसार आज कतै पानी पर्ने तथा हिमपात हुने सम्भावना भने छैन।

भारतमा फैलिएको उच्च चापीय प्रणाली र सिक्किमा विकसित निम्न चापीय प्रणालीको प्रभावले पूर्वी नेपालमा मौमस बदली भएको मौसमविद् श्रेष्ठले बताए।

भोलिदेखि पश्चिमी वायु
मौसम पूर्वानुमान महाशाखाका अनुसार एउटा कमजोर निम्न चापीय प्रणाली पश्चिम नेपालतर्फ बढिरहेको छ र भोलि धबारसम्ममा नेपालमा यसको प्रभाव देखिनेछ।

पश्चिमी वायुको प्रवेशपछि मौसम बदली भई विशेषगरी उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना हुने मौसमविद्ले बताएका छन्।

तर यो कमजोर खालको भएकाले त्यति धेरै ठूलो प्रभाव नपर्ने मौसमविद्‍को अनुमान छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार