भाद्र ११, २०८३ बिहिबार August 27, 2026

देशभर चिसो बढ्यो, काठमाडौं उपत्यकाको तापक्रम यस वर्षकै कम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । देशभर दिनप्रतिदिन चिसो बढ्दै गएको मौसमविद्ले बताएका छन्।

यसै क्रममा आज (मंगलबार) काठमाडौं उपत्यकाको तापक्रम यस वर्षकै कम देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाको तापक्रम १०.८ डिग्री सेल्सियस मापन गरिएको हो। यो यस वर्षकै कम तापक्रम भएको मौसमविद्ले बताएका छन्।

हिजो (सोमबार) काठमाडौं उपत्यकाको तापक्रम ११ डिग्री सेल्सियस थियो।

आजको मौसम
अहिले (मंगलबार बिहानं) देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।

आज देशका पूर्वी क्षेत्रमा सामान्य, पहाडी भेगमा आंशिक बदली र अन्य स्थानमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको मौसमवविद् समीर श्रेष्ठले बताए। उनका अनुसार आज कतै पानी पर्ने तथा हिमपात हुने सम्भावना भने छैन।

भारतमा फैलिएको उच्च चापीय प्रणाली र सिक्किमा विकसित निम्न चापीय प्रणालीको प्रभावले पूर्वी नेपालमा मौमस बदली भएको मौसमविद् श्रेष्ठले बताए।

भोलिदेखि पश्चिमी वायु
मौसम पूर्वानुमान महाशाखाका अनुसार एउटा कमजोर निम्न चापीय प्रणाली पश्चिम नेपालतर्फ बढिरहेको छ र भोलि धबारसम्ममा नेपालमा यसको प्रभाव देखिनेछ।

पश्चिमी वायुको प्रवेशपछि मौसम बदली भई विशेषगरी उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना हुने मौसमविद्ले बताएका छन्।

तर यो कमजोर खालको भएकाले त्यति धेरै ठूलो प्रभाव नपर्ने मौसमविद्‍को अनुमान छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि आइएफआरसीले १९ करोड सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार
गाजामा युद्धविराम कमजोर, वेस्ट ब्याङ्कको अवस्था बिग्रदै गएको राष्ट्रसङ्घको चेतावनी
२०८३ भाद्र ११, बिहिबार
मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित
२०८३ भाद्र ११, बिहिबार
एकजुट भई विपत्तिको सामना गरौँः उपराष्ट्रपति यादव
२०८३ भाद्र ११, बिहिबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन (सूची सहित)
२०८३ भाद्र ११, बिहिबार
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले
२०८३ भाद्र ११, बिहिबार
सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित
२०८३ भाद्र ११, बिहिबार