असार २३, २०८२ सोमबार July 7, 2025

बालिका बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  डडेलधुराको परशुराम नगरपालिकामा एक किशोरीलाई बलात्कार गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अन्दाजी १४ वर्षका तीन जना किशोर र ७० वर्षीय एक जना वृद्ध गरी ४ जना रहेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।
उनीहरूले करिब २ महिना पहिले १४ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।
बालिकाले लगाएको आरोपमा पक्राउ परेका आरोपितहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेलधुराले हिरासतमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक अवस्थीले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया