श्रावण १२, २०८३ मंगलबार July 28, 2026

कहाँबाट आयो आलियासँग १० मिलियन डलर बराबरको सम्पति ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बलिउड चर्चित अभिनेत्री आलिया भट्टले सोमबार २८ औं जन्मदिन मनाएकी छिन् । आलियाले ६ वर्षको उमेरमा बाल कलाकारको रुपमा ‘सघर्ष’ फिल्मबाट बलिउड प्रवेश गरेकी हुन् । उनी २०१२ मा फिल्म ‘स्टुडेन्ट अफ द इयर’ मा अभिनय गरेकी थिइन् ।

आलीयाले हाइवे, हम्प्टी शर्माको दुल्हनिया, उड्ता पन्जाब, डियर जिन्दगी, बद्रीनाथकी दुल्हनिया, राजी लगायतको धेरै सफल फिल्ममा अभिनय गरेकी छिन् । उनीसँग १० मिलियन डलर अर्थात ७४ करोड रुपैयाँ बराबरको सम्पत्ति भएको वेबदुनियाले जनाएको छ । जसमध्ये ५४ करोड रुपैयाँ बराबरको ४ घर रहेका छन् ।

समाचार अनुसार आलियाले २०२० मा बान्द्रास्थित पालीहिलमा एक अर्पाटमेन्ट खरिद गरेकी छिन् । जहाँ रणबीर कपुर पहिले देखि नै बसोबास गर्दै आएका थिए । आलियाले आलिसन भवन ३२ करोड रुपैयाँमा खरिद गरेकी हुन् ।

आलियाले वलिउड प्रवेश गरेसँगै सम्पत्ति थप हुँदै गएको हो । उनीसँग कारहरु ब्लैक आँडी ए सिक्स, आँडी क्यु फाइभ, बिएमडब्लु सेभेन सिरिज रहेका छन् । समाचारको अनुसार आलियाले ब्राण्ड एंडोर्समेंटबाट वर्षमा ३.६ करोड रुपैयाँ कमाउछिन् । कोकाकोला, स्टैंडर्ड फैन, फिलिक्स, कार्नेटो, गार्नियर जस्ता विज्ञापन पनि गरिसकेकी छिन् ।

अरबौ सम्पत्तिकी धनी आलियासँग ६ करोड रुपैयाँ पर्सनल लगानी गरेकी छिन् । आलियाको जीवनशैलीको कुरा गर्दा हर्मेस र किलीको ब्याग बोक्ने गर्छिन् । उनले बोक्ने ब्यागको मुल्य करीब ५ लाख रुपैयाँको वरिपरि हो । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण १२, मंगलबार
कर्णाली मुख्यमन्त्रीमा मंगल शाही नियुक्त
२०८३ श्रावण १२, मंगलबार
ब्यवासायी शेखर गोल्छा १ करोड धरौटीमा रिहा
२०८३ श्रावण १२, मंगलबार
गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा
२०८३ श्रावण १२, मंगलबार
राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
२०८३ श्रावण १२, मंगलबार
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
२०८३ श्रावण १२, मंगलबार
सुनसरी घटनालाई राजनीतिकरण नगर्न सभापति लामिछानेको अपिल
२०८३ श्रावण १२, मंगलबार