काठमाडौंः जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओली चक्रवर्ती बादसाह बन्ने सपनाबाट पछि नहटेको बताएका छन् ।
भट्टराईले बुधबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओली कुनै न कुनै बहानामा सत्तामा टिकिराख्न चाहेको बताएका हुन् । प्रधानमन्त्री ओलीले राज्यका सबै अंग र साधनस्रोत कब्जा गर्दै सद्दाम हुसेन, परबेज मसर्रफ र हुन सेन शैलीमा चुनाव गराएर आफू चक्रवर्ती बादसाहको रुपमा बस्न चाहेको भट्टराईले आरोप लगाएका छन् ।
भट्टराईले लेखेका छन्, ‘राज्यका सबै अंग र साधनश्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन,परबजे मुसर्रफ,हुन सेन स्टाइलको चुनाव गराएर आफू चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछि हट्ने कुनै छॅाटकॅाट नदेख्दा पनि उनलाई छिटो बिदा गर्न र लोकतन्त्र/संविधानको रक्षा गर्न चुक्यौं भने हामी कसैलाई इतिहासले माफ गर्ने छैन है!’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया