वैशाख २४, २०८१ सोमबार May 6, 2024

अनलाइन बिक्रेता कम्पनी ‘दराज’माथि छानबिन हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनलाइन बिक्रेता कम्पनी दराजविरुद्ध छानबिन सुरु गरेको छ। वस्तु बिक्री गर्दा ठगी गरेको भन्दै उजुरी परेपछि विभागले दराजविरुद्ध छानबिन थालेको हो।

एकथोक सामान अर्डर गर्दा अर्कै सामान आइपुग्ने गरेको भन्दै उजुरी परेपछि छानबिन सुरु गरेको विभागले जनाएको छ।

विभागका अनुसार दराजविरुद्ध यही कात्तिक २१ गते उजुरी परेको थियो। विभागले शुक्रबार दराजको नक्सालस्थित कार्यालय अनुगमन गरी २४ घण्टाभित्र उपस्थित हुन पुर्जी काटेको थियो। दराजका प्रतिनिधि आइतबार विभाग आएर विभागका अधिकारीहरुसँग छलफल गरेका थिए।

दराज कम्पनीले आफ्नो वेबसाइटमा सामान बिक्रीको लागि राखेको नभई अन्य बिक्रेताले आफ्नो वेबसाइट प्रयोग गरी सामान बिक्री गरेको विभागमा बयान दिएका छन्। सोही कारण दराजमार्फत बिक्री हुने सामानमा दराजले नभई बिक्रेताले दिएको बिलबीजक जारी हुने उनीहरुले बताएका थिए।

उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार खरिद तथा बिक्री गर्दा बिलबीजक अनिवार्य लिने दिने गर्नुपर्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार