असोज १२, २०८३ सोमबार September 28, 2026

माघमा क्युआर कोडमार्फत एक अर्ब ७१ करोड बढीको कारोवार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्न विभिन्न क्षेत्रमा क्युआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । गत महीनासम्म न्यूनमात्रामा क्युआर कोडमार्फत भुक्तानी हुने गरेकामा माघमा रु ५० करोड बढीको कारोवार भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत पुस महीनाको तुलनामा माघमा मात्र रु ४६ करोड ७० लाखभन्दा बढीको कारोवार भएको छ । गत पुसमा रु एक अर्ब २४ करोेड ५० लाख बराबरको कारोवार भएकामा माघमा रु एक अर्ब ७१ करोड २० लाख बराबरको कारोवार भएको हो ।

गत पुसमा तीन लाख ७२ हजार १७६ पटक कारोवार भएकामा माघमा पाँच लाख ३५ हजार ७९० पटक कारोवार भएको छ । पछिल्लो समय कनेक्ट आइपिएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटमार्फत हुने कारोवार रकममा वृद्धि हुने गरेको छ । गत महीनाको तुलनामा माघमा मात्र अनलाइनमार्फत रु १० अर्ब बढीको कारोवार भएको छ ।

कनेक्ट आइपिएसमार्फत एक खर्ब चार खर्बको कारोवार

राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्कअनुसार कनेक्ट आइपिएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर स्क्यान र मोबाइल वालेटमार्फत माघमा मात्र रु एक खर्ब ६३ अर्ब ८७ करोड बढीको कारोवार भएको छ ।

उक्त प्रविधिको प्रयोग गरी पुसमा रु एक खर्ब ५३ अर्ब १७ करोड बढीको कारोवार भएको थियो । बैंकको तथ्याङ्कअनुसार माघमा मात्र कनेक्ट आइपिएसमार्फत रु एक खर्ब चार अर्ब ३९ करोडभन्दा बढीको कारोवार भएको छ । सो अवधिमा १५ लाख ४५ हजार पटक कनेक्ट आइपिएसको प्रयोग भएको छ ।

माघमा मोबाइल बंैकिङमार्फत रु ३८ अर्ब ५९ करोड ७० लाख बढीको कारोवार भएको छ । गत पुसमा रु ३३ अर्ब १५ करोड तीन लाख बढीको कारोवार भएको छ । माघमा मोबाइल बैंकिङमार्फत ९६ लाख ७२ हजार ४७८ पटक कारोवार भएको छ ।

इन्टरनेट बैंकिङमार्फत रु नौ अर्ब २२ करोड ७० लाख बढीको कारोवार भएको छ । माघमा ३१ हजार ४८२ पटक कारोवार भएको छ । वालेटमार्फत पुसमा रु नौ अर्ब ६५ करोड ६० लाख बराबरको कारोवार भएकामा उक्त रकममा वृद्धि भई माघमा रु नौ अर्ब ९४ करोड ८० लाख बराबरको कारोवार भएको छ । एक महीनामा एक करोड ५१ लाख छ हजार पटक कारोवार भएको छ ।

यसैगरी गत पुसमा अनलाइन (इ–कमर्श) बाट रु ८४ करोड ३० लाख बराबरको कारोवार भएकामा माघमा उक्त रकममा वृद्धि भई रु ९३ करोड २० लाख बराबरको कारोवार भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति ट्रफि शुभारम्भ
२०८३ असोज १२, सोमबार
अध्यक्ष लिङ्देनको अभिव्यक्तिविरुद्ध राप्रपाकै सात सांसद अदालत पुगे
२०८३ असोज १२, सोमबार
विशिष्ट व्यक्तिको पक्राउ नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
२०८३ असोज १२, सोमबार
देउवा कांग्रेसले महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्न तोक्यो शुल्क, सभापतिका लागि ३० हजार
२०८३ असोज १२, सोमबार
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे
२०८३ असोज १२, सोमबार
शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट
२०८३ असोज १२, सोमबार
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनामा सर्वोच्चको गम्भीर ध्यानाकर्षण
२०८३ असोज १२, सोमबार