श्रावण २, २०८२ शुक्रबार July 18, 2025

माघमा क्युआर कोडमार्फत एक अर्ब ७१ करोड बढीको कारोवार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्न विभिन्न क्षेत्रमा क्युआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । गत महीनासम्म न्यूनमात्रामा क्युआर कोडमार्फत भुक्तानी हुने गरेकामा माघमा रु ५० करोड बढीको कारोवार भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत पुस महीनाको तुलनामा माघमा मात्र रु ४६ करोड ७० लाखभन्दा बढीको कारोवार भएको छ । गत पुसमा रु एक अर्ब २४ करोेड ५० लाख बराबरको कारोवार भएकामा माघमा रु एक अर्ब ७१ करोड २० लाख बराबरको कारोवार भएको हो ।

गत पुसमा तीन लाख ७२ हजार १७६ पटक कारोवार भएकामा माघमा पाँच लाख ३५ हजार ७९० पटक कारोवार भएको छ । पछिल्लो समय कनेक्ट आइपिएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटमार्फत हुने कारोवार रकममा वृद्धि हुने गरेको छ । गत महीनाको तुलनामा माघमा मात्र अनलाइनमार्फत रु १० अर्ब बढीको कारोवार भएको छ ।

कनेक्ट आइपिएसमार्फत एक खर्ब चार खर्बको कारोवार

राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्कअनुसार कनेक्ट आइपिएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर स्क्यान र मोबाइल वालेटमार्फत माघमा मात्र रु एक खर्ब ६३ अर्ब ८७ करोड बढीको कारोवार भएको छ ।

उक्त प्रविधिको प्रयोग गरी पुसमा रु एक खर्ब ५३ अर्ब १७ करोड बढीको कारोवार भएको थियो । बैंकको तथ्याङ्कअनुसार माघमा मात्र कनेक्ट आइपिएसमार्फत रु एक खर्ब चार अर्ब ३९ करोडभन्दा बढीको कारोवार भएको छ । सो अवधिमा १५ लाख ४५ हजार पटक कनेक्ट आइपिएसको प्रयोग भएको छ ।

माघमा मोबाइल बंैकिङमार्फत रु ३८ अर्ब ५९ करोड ७० लाख बढीको कारोवार भएको छ । गत पुसमा रु ३३ अर्ब १५ करोड तीन लाख बढीको कारोवार भएको छ । माघमा मोबाइल बैंकिङमार्फत ९६ लाख ७२ हजार ४७८ पटक कारोवार भएको छ ।

इन्टरनेट बैंकिङमार्फत रु नौ अर्ब २२ करोड ७० लाख बढीको कारोवार भएको छ । माघमा ३१ हजार ४८२ पटक कारोवार भएको छ । वालेटमार्फत पुसमा रु नौ अर्ब ६५ करोड ६० लाख बराबरको कारोवार भएकामा उक्त रकममा वृद्धि भई माघमा रु नौ अर्ब ९४ करोड ८० लाख बराबरको कारोवार भएको छ । एक महीनामा एक करोड ५१ लाख छ हजार पटक कारोवार भएको छ ।

यसैगरी गत पुसमा अनलाइन (इ–कमर्श) बाट रु ८४ करोड ३० लाख बराबरको कारोवार भएकामा माघमा उक्त रकममा वृद्धि भई रु ९३ करोड २० लाख बराबरको कारोवार भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार