असोज १२, २०८३ सोमबार September 28, 2026

ताप्लेजुङको ९५ प्रतिशत भूभागमा मोबाइल सेवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः ताप्लेजुङको अन्तिम बस्ती फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा गत साता नेपाल टेलिकमले मोबाइल सेवा पुनः सञ्चालन गरेसँगै ताप्लेजुङको ९५ प्रतिशत भूभागमा मोबाइल सेवा सञ्चालन भएको छ ।

टेलिकमले ओलाङचुङगोलामा स्याटलाइट प्रविधिको टावर विस्तार गरेर मोबाइल सेवा दिन थालेको नेपाल दूरसञ्चार कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख वीरेन्द्र चेम्जोङले जानकारी दिए। ओलाङचुङगोलामा टावर सञ्चालनमा आएसँगै ताप्लेजुङ ९५ प्रतिशत भूभागमा मोबाइल सेवा सञ्चालन भएको चेम्जोङले बताए।

समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा अवस्थित ओलाङचुङगोला मोबाइल सेवा शुरु भएको हो । ताप्लेजुङ सदरमुकामदेखि तीन दिन पैदल हिँडेर आलाङचुङगोला पुग्न सकिन्छ । मोबाइल सेवा शुरु भएसँगै घरमै बसेर आफ्ना आफन्तहरूसँग कुराकानी गर्ने सकिने भएपछि स्थानीयवासी खुशी भएको स्थानीयवासी तेन्जिङ वालुङले बताए ।

वितगमा ओलाङचुगोलादेखि सूचाना पठाउनु पर्यो भने वडा कार्यालमा राखिएको सुविसुको इन्टरनेटको माध्यमबाट मेसेन्जरमार्फत सूचाना पठाउँदै आएको वालुङले बताए । उनले भने, “आफ्नै घरमा बसेर चौबिसै घण्टा आफ्ना आफन्तहरूसँग खबर आदानप्रदान गर्न सकिने भएको छ ।”

आलोङचुङगोलामा ५६ घर परिवार बसोबास छ । फक्ताङलुङ गाउँपालिका–५ रानी पुलदेखि ओलाङचुङ गोलासम्म टावर विस्तार गर्न आवश्यक सामग्रीे ९० हजारले ढुवानी खर्च फक्ताङलुङ गाउँपालिकाले गरेको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले जानकारी दिए ।

ताप्लेजुङमा घुन्सा र ओलाङचुङगोल गरी दुईवटा स्याटलाइट प्रविधिबाट हिमाली बस्तीमा मोबाइल सेवा दिइरहेको जिल्ला दूरसञ्चार कार्यालयले जनाएको छ । ताप्लेजुङको विभिन्न स्थानहरूमा २३ वटा मोबाइल टावरले सेवा दिँदै आएको दूरसञ्चार कार्यालय कार्यालय प्रमुख वीरेन्द्र चेम्जोङले बताए।

सिदिङवा गाउँपालिका–१ कालीखोला क्षेत्रमा मोबाइल सेवाको पहुँच पुग्न बाँकी रहेको र त्यसका लागि प्रक्रिया अगाडि बढिसकेको चेम्जोङले बताए। यसै चालू आर्थिक वर्षमा पाथीभरा क्षेत्रमा फेदी र कालीखोला क्षेत्रमा मोबाइल टावर विस्तार हुने चेम्जोङले बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति ट्रफि शुभारम्भ
२०८३ असोज १२, सोमबार
अध्यक्ष लिङ्देनको अभिव्यक्तिविरुद्ध राप्रपाकै सात सांसद अदालत पुगे
२०८३ असोज १२, सोमबार
विशिष्ट व्यक्तिको पक्राउ नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
२०८३ असोज १२, सोमबार
देउवा कांग्रेसले महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्न तोक्यो शुल्क, सभापतिका लागि ३० हजार
२०८३ असोज १२, सोमबार
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे
२०८३ असोज १२, सोमबार
शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट
२०८३ असोज १२, सोमबार
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनामा सर्वोच्चको गम्भीर ध्यानाकर्षण
२०८३ असोज १२, सोमबार