काठमाडौं: महान्यायाधिवक्ता अग्नि खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
शुक्रबार पत्रकार सम्मेलनमार्फत उनले महान्यायाधिवक्ताको जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल फाल्गुन ८ गते खरेललाई महान्याधिवक्तामा नियुक्त गरेकी थिइन् । महान्यायाधिवक्ताको पदमा रहेर उनले तीन वर्ष कार्यकाल सम्हाले ।
२०६४ र २०७० को संविधानसभा सदस्य रहेका उनी प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालमा कानुनमन्त्रीको जिम्मेवारीमा रहेका थिए। उनी नेपाल बार एशोसिएसनका पूर्व महासचिवसमेत हुन्। महान्यायाधिवक्ताको जिम्मेवारीमा रहनुअघि उनी एमालेको पोलिटब्युरो सदस्य थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया