श्रावण १५, २०८२ बिहिबार July 31, 2025

भारतीय हस्तक्षेपविरुद्ध नेविसंघको प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बुधबार पनि भारतीय हस्तक्षेपका विरुद्ध प्रदर्शन गरेको छ। नेविसंघ ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एन आर बहुमुखी क्याम्पसको आयोजनामा नेपाल टार, बाइपास, माछापोखरीक्षेत्रमा भारतीय हस्तक्षेप विरुद्ध प्रदर्शन गरेको हो। नेविसंघ निवर्तमान केन्द्रिय सदस्य सुशिल भट्टको नेतृत्वमा भएको विरोध प्रदर्शनमा विद्यार्थी र स्थानीयबासीको उपस्थिति थियो। नेपालटार ग्रामिण र एन आर कलेजबाट सुरु भएको विरोध र्‍याली बालाजु परिक्रमा गरी क्याम्पसमै पुगेर समापन भएको थियो।

भारतले नेपाली भूमि कालापानी, लिपुलेकलाई समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको विरोधमा नेविसंघ काठमाडौंका विभिन्न स्थानमा दिनदिनै प्रदर्शन गर्दै आएको छ। नेपाली झण्डा हातमा बोकेका विद्यार्थीले नेपालको सीमा क्षेत्र नमिच्न भारतलाई चेतावनीसमेत दिएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे
२०८२ श्रावण १५, बिहिबार
सिन्धुलीमा लागुऔषध खैरो हिरोइनसहित चार जना पक्राउ
२०८२ श्रावण १५, बिहिबार
ब्राजिल कोपा अमेरिकाको फाइनलमा – उरुग्वेमाथि एकपक्षीय ५–१ को जित
२०८२ श्रावण १५, बिहिबार
वनमन्त्री शाही नर्वेमा उच्चस्तरीय कार्यक्रममा व्यस्त
२०८२ श्रावण १५, बिहिबार
मितव्ययी बन्दै प्रधानमन्त्री कार्यालय, घट्यो खर्च
२०८२ श्रावण १४, बुधबार
नेपाल ओलम्पिक कमिटीको तदर्थ कमिटी छिट्टै : मन्त्री चौधरी
२०८२ श्रावण १४, बुधबार
संसद् र सांसदहरू अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सभामुख
२०८२ श्रावण १४, बुधबार