मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

सरकार डिजिटल नेपाल निर्माणको अभियानमा लागेको छ : मन्त्री गुरुङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा सरकार अघि बढेको बताउनुभएको छ ।

दोलखाको शैलुङ गाउँपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटनमा उहाँले सरकार समृद्ध नेपाल निर्माण अभियानमा सरकार लागिपरेको बताउनुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले पछिल्लो राजनीतिक घटनाक्रमले अभियान अघि बढाउन सहयोग पुगेको तर्क गर्नुभयो ।

नेपाली नागरिकले स्थायी सरकार चाहेको र त्यसका लागि आफूहरूलाई दुई तिहाइको बहुमत दिएर सरकारमा पठाएको हुँदा यो सरकारको विकल्प नभएको उहाँले बताउनुभयो । जनताले आफ्ना पक्षमा काम गर्न बहुमतसहित सरकारमा पठाएको उल्लेख गर्दै उहाँले कोही व्यक्तिले चाहँदैमा सरकार परिवर्तन नहुने स्पष्ट पार्नुभयो ।
मन्त्री गुरुङले भन्नुभयो, “सरकार परिवर्तनका लागि सबै शक्ति लागिपरेको भए पनि यो सरकारले नेपालीलाई सुखी र समृद्ध बनाउन धमाधम गरिरहेको छ ।” उहाँले राजनीतिक कारणबाट नागरिकलाई निराश नहुन आग्रहसमेत गर्नुभयो । मन्त्री गुरुङले डिजिटल नेपालको अवधारणाअनुसार दोलखाबाट शुरुवात गरेको स्मार्ट दोलखा निर्माणका लागि भौतिक पूर्वाधारको काम धमाधम भइरहेको र एफटिटिएचको काम शुरुवात भएको बताउनुभयो ।
सरकार डिजिटल नेपाल निर्माणको अभियानमा रहेको र स्थानीय तह तथा सबै सामुदायिक विद्यालयमा इन्टरनेटको विस्तार तथा प्रविधिको विकास गराई प्रविधिमार्फत विश्वको जुनसुकै ठाउँमा हुने सिकाइ ग्रामीण तहको विद्यालयमा बसेर समेत सहज तरिकाले अध्ययन गर्न सकिने व्यवस्था मिलाउने योजनामा आफू रहेको उहाँले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले स्थानीय सरकारको गठनपश्चात् आफूहरूले शून्य लेबलबाट विकासको काम सुरुआत गरेको र हाल हरेक क्षेत्रमा सम्मान तरिकाले विकासको काम गरिरहेको उल्लेख गर्नुभयो । अन्य क्षत्रमा जस्तै खेलकुदका क्षेत्रमा पनि विगतका वर्षदेखि नै बजेट विनियोजन गर्दै उहाँले खेलकुदका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । शैलुङ गाउँपालिकाले शैलुङ रङ्गशालामा आजदेखि शुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयको सहभागिता छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार