काठमाडौंः प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) बढ्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपालको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा भत्ता बढाउँछु भन्दा कसैलाई आपत्ति लाग्नसक्ने जानकारी दिए।
‘अब साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्छ, कसैलाई आपत्ति लाग्ला। सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट लागू हुने गरी बढाइने छ,’ उनले भने, ‘बुढाबुढी पनि हेर्न थाल्यो, यो सरकार छिटो हटाउनुर्पयो। मान्छेहरूलाई भरेबाट अर्को छटपटी शुरू हुन्छ, निद्रा लाग्दैन।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया