असोज १२, २०८३ सोमबार September 28, 2026

सामसङ ग्यालेक्सी एम-६२ नेपालमा सार्वजनिक हुँदै- ७००० एमएएच ब्याट्री र ८ जीबी र्‍याम हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी एम-६२ शक्तिशाली ब्याट्री क्षमताका साथमा आउँदो हप्ता नेपाली बजारमा उपलब्ध हुने कम्पनी स्राेतले जानकारी दिएकाे छ ।

सामसङ एक्सिनस ९ अक्टा ९८२५ चिपसेटद्धारा सञ्चालित याे फाेनमा शक्तिशाली ७००० एमएएच ब्याट्री रहेकाे छ, जसमा २५ वाटको चार्जर, सी पोर्ट यूएसबी र ३.५ एमएम हेडफोन ज्याक रहेकाे छ ।

कम्पनीका अनुसार एकपटक फुल चार्ज गरेपछि न्यूनतम ५० घण्टासम्म ब्याट्री टिक्छ ।

६.७ इन्चकाे एमाेलेड प्लस डिस्प्ले रहेकाे याे फाेनमा ३९३पीपीआई पिक्सेल डेन्सिटी रहेको छ । फाेनकाे पछाडि क्वाड क्यामेरा सेटअप रहेकाे छ, जसमा मुख्य क्यामेरा ६४ मेगापिक्सेलकाे छ । त्यस्तै ३२ मेगापिक्सेलकाे सेल्फी शुटर रहेकाे छ ।

याे फाेनकाे इन्टर्नल स्टाेरेज १२८ जीबी रहेकाे छ, जसलाई १ टीबीसम्म एक्स्पान्ड गर्न सकिन्छ । याे फाेन ६ जीबी र्‍याम र ८ जीबी र्‍याम भेरियन्टमा उपलब्ध हुने जनाइएकाे छ ।

मूल्यकाे कुरा गर्दा याे फाेन किफायती मूल्यमै उपलब्ध हुने दाबी गरिएपनि स्पष्ट रूपमा केही खुलाइएकाे छैन । तर ३७ देखि ४२ हजार रूपैयाँकाे बीचमा नेपाली बजारमा भित्रिन सक्ने अनुमान गरिएकाे छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति ट्रफि शुभारम्भ
२०८३ असोज १२, सोमबार
अध्यक्ष लिङ्देनको अभिव्यक्तिविरुद्ध राप्रपाकै सात सांसद अदालत पुगे
२०८३ असोज १२, सोमबार
विशिष्ट व्यक्तिको पक्राउ नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
२०८३ असोज १२, सोमबार
देउवा कांग्रेसले महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्न तोक्यो शुल्क, सभापतिका लागि ३० हजार
२०८३ असोज १२, सोमबार
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे
२०८३ असोज १२, सोमबार
शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट
२०८३ असोज १२, सोमबार
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनामा सर्वोच्चको गम्भीर ध्यानाकर्षण
२०८३ असोज १२, सोमबार