मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

रणनीतिक सडक सञ्जाल शुभारम्भपछि स्थानीयवासी खुशी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर निर्माण हुने १६५ वटा सडक सञ्जालको शुभारम्भ गर्दा तनहुँमा दुईवटा रणनीतिक सडक आयोजना छनोट भएको छ । तनहुँका दुई रणनीतिक सडक योजना छनोट भएसँगै यहाँका स्थानीयवासीले खुशी व्यक्त गरेका छन् ।

तनहुँ निर्वाचन क्षेत्र नं १ अन्तर्गत मादी मस्र्याङ्दी र तनहुँ क्षेत्र नं २ अन्तर्गत गाईघाट गल्याङ सडकखण्ड छनोट भएको छ । दुई निर्वाचन क्षेत्र रहेको तनहुँमा छनोट भएका दुई रणनीतिक सडक आयोजनाका लागि रु ४०÷४० करोड बजेट विनियोजन हुने भएको छ । व्यास नगरपालिका–९ गजौडेका विजय आचार्यले मादी मस्र्याङ्दी मार्गलाई निर्वाचन क्षेत्र रणनीतिक योजनामा छनोट गरिएपछि खुशी व्यक्त गर्नुभएको छ । “वर्षौँदेखिको हाम्रो सपना वर्तमान सरकारले पूरा गर्ने भएको छ, अब कामले पनि गति लिन अपेक्षा लिएका छौँ”, उहाँले भन्नुभयो ।

व्यास र भानु नगरपालिकाको सीमाबाट शुरु हुने उक्त मार्ग गोरखाको पालुङटारसम्म जोडिनेछ । कूल ३२ किमी दूरीको उक्त सडकको १२ किमी दूरी कालोपत्र सम्पन्न भइसकेको छ । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले उक्त सडक कालोपत्रपछि यस क्षेत्रका स्थानीयवासीको जीवनयापनमा सहजता आउने बताउनुभयो ।

यसैगरी तनहुँ क्षेत्र नं २ अन्तर्गत तनहुँको गाईघाटबाट गल्याङसम्म जोड्ने सडक योजना छनोट गरिएको छ । तनहुँको देवघाटबाट शुरु हुने उक्त मार्ग ऋषिङ, घिरिङ, स्याङ्जाको चापाकोट हुँदै गल्याङसम्म पुग्नेछ । उक्त सडकको १७० किमी छ । हाल उक्त सडकको डिपिआर गर्ने काम शुरु भएको तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले जानकारी दिनुभयो ।

हरेक निर्वाचन क्षेत्रमा त्यहाँका सांसदले छानेका सडकलाई छनोट गरी सरकारले एकैसाथ शुभारम्भ गरेको छ । निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माणसम्बन्धी मापदण्डमा सङ्घीय राजधानीलाई जोड्ने, प्रादेशिक राजधानीलाई जोड्ने, अन्तर्राष्ट्रिय विमानस्थल÷सिमानालाई जोड्ने, दुई निर्वाचन क्षेत्रका प्रमुखस्थललाई जोड्नेजस्ता विषय समावेश गरिएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार