मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

प्रधानमन्त्रीबाट टीका लगाउनेको धन्दा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः दुई साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेका उद्योगी राजेश अग्रवाल तथा सुवास अग्रवालको ठगी धन्दा बाहिर आउन थालेको छ । उनीहरूले कमसल र कम तौलका निर्माण सामाग्री बिक्रि गरी सर्वसाधारणलाई करोडौं ठगी गर्दै आएको खुलेको छ ।

उनीहरुले सञ्चालन गरेको बालाजुस्थित राजेश हार्डवेयर प्रालिविरुद्ध हालै छानबिन सुरु भएको छ । तर, सामान्य कारबाही गरेर उन्मुक्ति दिन प्रधानमन्त्री ओलीका सल्लाहकार मोतिलाल दुगड सक्रिय भएका छन् ।

राजेश हार्डवेयरको बालाजु शाखाले बिलमा उल्लेख गरिएभन्दा कम तौलमा फलामे डण्डीलगायतका सामानहरू बिक्री गरेको खुलेपछि स्थानीयले गत साता बालाजु प्रहरीमा उजुरी दिएको थियो ।

प्रहरीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा बुझाएको थियो । विभागले तौल गर्दा १० देखि १५ प्रतिशतसम्म कम देखिएको छ । हरेक सामानमा सो कम्पनीले त्यसैगरी ठगी गर्दै आएको विभागको प्रारम्भिक छानबिनमा खुलेको छ ।

विभागले राजेश हार्डवेयरलाई जम्मा ३ लाख रुपैयाँ जरिवाना तिराएको छ । कम्पनीका सञ्चालकहरुलाई दबाबका भरमा पक्राउ गरिएको छैन ।

गत ७ चैतमा राजेश अग्रवाल एमाले प्रवेश गरेका थिए । उनै अग्रवाल परिवारको ठगी धन्दा बाहिर आएको हो । राजेश हार्डवेयरले देशको सबैभन्दा ठूलो निर्माण सामाग्रीको व्यापार गर्दै आएको छ । जुन कम्पनीमाथि कर छलीको आरोपमा छानबिन समेत भइरहेको छ । यस्तै अवैध धन्दामा सक्रिय व्यापारीहरु छानबिनबाट जोगिन एमाले प्रवेश गरेका थिए । उनीहरुलाई जोगाउने जिम्मा विवादास्पद व्यापारी रहेका प्रधानमन्त्रीका सल्लाहकार दुगडले लिएका छन् । यसबाट कर छली तथा उपभोक्ता ठगी जस्ता धन्दा राज्यकै संरक्षणमा अघि बढ्ने जोखिम देखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार