कार्तिक १७, २०८३ मंगलबार November 3, 2026

घडेरी किन्दै हुनुहुन्छ ? सक्कली र नक्कली जग्गाधनी यसरी चिनौं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः बहुचर्चित सरकारी जग्गा ललिता निवास प्रकरणको मुद्दा अझै अदालतमा विचाराधीन छ । उच्चपदस्थ व्यक्तिहरूसमेत मुछिएको उक्त घटनामा प्रधानमन्त्री निवास बालुवाटारको जग्गासम्म बेचियो, कतिपय सर्वसाधारण पनि यसमा फसे । गत साउनमा मात्रै जाली स्रेस्ता खडा गरी हुँदै नभएको १ रोपनी ६ आना जग्गा ८ पटकसम्म किनबेच भएको घटना बाहिरियो ।

केही वर्षअघि काठमाडौंमा नक्कली जग्गा किनबेचका थुप्रै घटना बाहिरिएका थिए ।

घडेरी किनेर घर बनाउने काम जिन्दगीमा बारम्बार गरिँदैन र जिन्दगीभरको पसिना यसमै परेको हुन्छ । जीवनभरको कमाइ जग्गामा खन्याउँदा हुँदै नभएको जग्गा किनियो र ठगीमा परियो भने आफ्नो पसिना डुब्न सक्ने त छँदै छ, अड्डा अदालत धाउने दुःख पनि भोग्नुपर्ने हुन्छ । यसकारण जग्गा किन्दा मुख्य कुरामा ध्यान दिन जरुरी छ ।

जग्गा खरिद गर्दा सर्वप्रथम त तपाईंले किन्न लागेको जग्गाधनीसँग प्रत्यक्ष भेटेरै कुरा गर्न आवश्यक छ । आफन्त, तेस्रो व्यक्तिसँग नभएर वास्तविक जग्गाधनी पुर्जा भएको व्यक्तिसँग नै भेटेर सबै कागजात जाँच गर्न आवश्यक हुन्छ । जग्गा वास्तविक धनीले बेच्न लागेको हो कि होइन बुझ्नुपर्छ । त्यसपछि जग्गाको लालपुर्जा हेरेर पूर्व, पश्चिम, उत्तर, दक्षिणमा भएको जग्गा, घर एवं बाटोको विवरण, गाउँपालिका/नगरपालिका, वडा नम्बर र जग्गाको कित्ता नम्बर आदि सबैको विवरणको जानकारी लिनुपर्छ ।

जग्गाको कित्ताकाट गर्नुपर्ने छ कि छैन, घरपरिवारमा जग्गाको कोही अंशियारी भए/नभएको बुझेर र कित्ताकाट गर्नुपर्ने÷नपर्नेबारे जानकारी लिनैपर्छ । त्यसपछि मालपोतमा बुझाएको करको रसिद, कर चुक्ता प्रमाणपत्र पनि हेर्न आवश्यक छ ।

जग्गाधनीसँग जग्गा खरिदका लागि कुरा भइसकेपछि तपाईं मालपोत कार्यालय जान आवश्यक हुन्छ । मालपोत कार्यालय गएर खरिद गर्न लागेको जग्गाको मोठ, स्रेस्ता, कित्ता नम्बर, जग्गाधनीको फोटो हेर्नुका साथै तीनपुस्ते विवरणसमेत सही भए/नभएको जाँच गर्नुपर्छ । किन्न लागेको जग्गाको रुजु गराउन  जग्गाधनीको लालपुर्जा र नागरिकतासहित मालपोत कार्यालय जानुपर्ने हुन्छ । मालपोत कार्यालयमा अभिलेख जाँच गर्ने क्रममा जग्गा रोक्का भए÷नभएको बुझ्नुपर्छ । यसका साथै जग्गाको नक्सामा भएअनुसार बाटो तथा जग्गाको विवरण, साँधसिमानाको अवस्था आदि मिल्छ/मिल्दैन हेर्न नभुल्नुहोस् ।

यति गरेपछि सबै कुरा ठीकठाक छ भने तपाईंले जग्गा खरिद प्रक्रिया अगाडि बढाउन सक्नुहुन्छ । जग्गा खरिदका लागि मालपोत कार्यालय जानु अगाडि जग्गाधनीलाई लालपुर्जा, नागरिकता, वडामा वार्षिक कर बुझाएको रसिद, राजीनामा लिखतको कागज र वडाको सिफारिस बोक्न लगाउनुहोस् । याद गर्नुहोस्, यति गरिरहँदा आफ्नो नागरिकता बोक्न भने नबिर्सिनुहोस् । अभियानबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारको विज्ञप्तिप्रति डा. केसीको आपत्ति, माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने
२०८३ कार्तिक १७, मंगलबार
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट दुई उपसमितिका प्रतिवेदन सर्वसम्मतिले पारित
२०८३ कार्तिक १७, मंगलबार
अमेरिकी मध्यावधि निर्वाचनमा कङ्ग्रेसको बहुमतका लागि कडा प्रतिस्पर्धा
२०८३ कार्तिक १७, मंगलबार
श्रम संस्कृति पार्टी गरिब जनताको पक्षमा छ : हर्क साम्पाङ
२०८३ कार्तिक १७, मंगलबार
कोप-३१ मा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउछौँः मन्त्री चौधरी
२०८३ कार्तिक १७, मंगलबार
चीनले वित्तीय क्षेत्रमा एआईको प्रयोगबारे अध्ययन गर्ने
२०८३ कार्तिक १७, मंगलबार
कात्तिक २५ गते भाइटीका, बिहान ११:०७ बजे उत्तम साइत
२०८३ कार्तिक १७, मंगलबार