असार २२, २०८२ आइतबार July 6, 2025

राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः प्रतिनिधि सभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुभयो ।
सभामुख सापकोटाले प्रतिनिधि सभा नियमावली–२०७५ को नियम १३ बमोजिम कार्य व्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयन गरेको जानकारी गराउनुभयो ।
यस्तै सभामुख सापकोटाले गर्नु भएको प्रतिनिधि सभाका विभिन्न समितिहरूमा रहनुहुने सदस्यहरूको नाम थप तथा हेरफेर सम्बन्धी प्रस्तावलाई बैठकले सहमति दिएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले “राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७६–२०७७” पेस गर्नुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक २०७८ साल वैशाख ७ गते मङ्गलवार दिनको १ः०० बजे बस्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया