मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

निषेध र प्रतिशोधको चक्रव्यूहबाट बाहिर आउन पूर्वराजाको अपिल (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक नैतिकताको प्रश्न उठाएका छन् । आज साँझ २०७८ सालको शुभकामना सन्देश दिदै राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी सबैमा हुनुपर्ने भन्दै यस्तो प्रश्न उठाएका हुन् ।

शाहले निषेध र प्रतिशोधको चक्रव्यूहबाट बाहिर आउनुपर्ने समेत बताए । शाहले शुभकामना सन्देशमा भनेका छन्,‘राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी हामी सबैमा हुनु पर्दछ ।’

उनले देशमा नेपाली फुटेर नभई जुटेर बढ्नुपर्ने बताए । उनले भनेका छन्,‘एकतामा हाम्रो सफलता छ, यसैमा देशको कल्याण छ ।’

आपसी भाँडभैलो अनमेल र द्वन्द्वको अन्त हुनुपर्नेमा पूर्वराजाको जोड छ । उनले निमुखा र सर्वसाधारणको जीवनस्तर कहिल्यै नउठ्ने खालको गतिविधि र पद्धति त्याग्नुपर्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार