मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

प्रतिकूलताका बीच राष्ट्रिय आकांक्षा पूरा हुने उपराष्ट्रपतिको विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरसको महामारी नेपालमा चाँडै नियन्त्रण हुने र प्रतिकूलताको बीच पनि देश ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न निरन्तर अगाडि बढिरहने विश्वास व्यक्त गर्नुभएको छ ।

नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले देश–विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु–स्वास्थ्य, उत्तरोत्तर प्रगति एवं राष्ट्रको निरन्तर समुन्नति र समृद्धिका लागि कामना गर्नुभएको छ । उपराष्ट्रपतिले सन्देशमा भन्नुभएको छ, “विसं २०७८ शुभारम्भसँगै हामीले २०७७ लाई बिदाइ गरेका छौँ । बितेका वर्ष हाम्रा लागि सुखद् रहन सकेन । विश्वव्यापी महामारी कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन (बन्दाबन्दी) बीच स्वागत गरिएको २०७७ सालभरि हामीले महामारीको असर भोगिरह्यौँ ।”

अर्थतन्त्रका सबै क्षेत्रमा महामारीको असर पर्दा गत आर्थिक वर्षको आर्थिक वृद्धिदर ऋणात्मक बन्न पुगेको स्मरण गर्नुहुँदै उपराष्ट्रपतिले महामारीकै कारण लाखौँलाख विद्यार्थीले विद्यालयको कक्षाकोठामा पुग्न नपाएको उल्लेख गर्नुभएको छ ।

उपराष्ट्रपतिले सन्देशमा भन्नुभएको छ, “बन्दाबन्दीबीच घरभित्रै रहेर २०७७ लाई स्वागत गर्दैगर्दा हाम्रो आशा र विश्वास थियो–२०७८ लाई हर्षोल्लासका साथ स्वागत गर्नेछौँ । हाम्रो अपेक्षाविपरीत २०७८ लाई स्वागत गर्दै गर्दा देशमा कोरोना भाइरसको दोस्रो लहर तीव्ररुपमा फैलिरहेको छ ।”

जस्तोसुकै प्रतिकूलता, कठिन परिस्थिति र पीडामा पनि मुस्कुराउन सक्ने हामी नेपालीको विशेषता भएको स्पष्ट पार्दै उहाँले विषम परिस्थितिका बीच हाम्रो घरआँगनमा आइपुगेको नयाँ वर्ष स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्णरुपमा पालना गरेर हर्षका साथ मनाउनु हुन आग्रह गर्नुभएको छ ।

उपराष्ट्रपतिले कोरोना भाइरसको पहिलो लहरलाई जसरी नियन्त्रण गर्न सफल भयौँ, दोस्रो लहरलाई पनि अवश्य नियन्त्रण गर्ने उल्लेख गर्दै भन्नुभएको छ, “नयाँ वर्ष शुभारम्भको अवसरले कोरोना भाइरसको दोस्रो लहर नियन्त्रणका लागि सबै तहका सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सम्पूर्ण नेपालीलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछु ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार