श्रावण २, २०८२ शुक्रबार July 18, 2025

‘मेरो कित्ता’ एप, घरमै बसेर जग्गाको नक्शा हेर्न, प्रिन्ट र राजश्व तिर्न पाईने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारले ‘मेरो कित्ता’ कार्यक्रम सुरु गरेको छ । आफ्नो जग्गा धनी पूर्जा, आफ्नो कित्ता आफू बसेकै ठाउँबाट अनलाइनमार्फत् हेर्न, प्रिन्ट गर्न र राजश्व तिर्नसक्ने गरी यो अनलाइन प्रणाली सुरु भएको हो ।

राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सेवाग्राही दमन्ता ढुंगानालाई नक्सा प्रिन्ट हस्तान्तरण गर्दै यो सेवाको सुरुवात गरे । यो प्रणाली सुरु भएपछि अब घर, भवन निर्माण वा खरिदबिक्री प्रयोजनका लागि जग्गाधनीले नापी कार्यालय पुगेर प्रिन्ट नक्सा लिनुपर्ने झन्झट बेहाेर्नु नपर्ने भएको छ ।

जग्गाधनीले आफ्नो रेकर्डअनुसारको जग्गाको नक्सा अनुकूल ठाउँबाट आफैं प्रिन्ट गरेर लिन मिल्ने गरी बिहीबारदेखि नापी विभागले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो ।

यो सेवा पहिलाे चरणमा काठमाडौं उपत्यकाका नापी कार्यालयहरूबाट सुरू हुँदै छ । यसअन्तर्गत काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयमा याे सेवा लागू हुने विभागले जनाएकाे छ ।

त्यसपछि क्रमशः देशभरका १ सय २६ वटा कार्यालयबाट यस्ताे सेवा प्रदान गरिने विभागका सूचना अधिकारी दामाेदर ढकालले बताए ।

‘मेरो कित्ता डट डिओएस डट जिओभी डट एनपी’ लगइन गरेर यो सेवा लिन सकिन्छ । विभागले पहिलो चरणमा बिहीबारबाट काठमाडौं उपत्यकाका ८ वटा नापी कार्यालयमा यो सेवा सुरु गर्न लागेको छ ।

यसका लागि विभागले ‘नेपाल ल्यान्ड इन्फर्मेसन सिस्टम’ (एनईएलआईएस) प्रणाली तयार पारेको छ । यसमार्फत सेवाग्राहीले घरमै बसी ‘मेरो कित्ता’ अनलाइन सेवा प्रणालीबाट नक्सा प्रिन्ट, फिल्डबुक प्रिन्ट र राजस्व भुक्तानी गर्न सक्नेछन् ।

याे सेवा लिन सेवाग्राहीले कुनै पनि ब्राउजरबाट मेराे कित्ता लगइन गर्नुपर्नेछ । सेवाग्राहीले आफ्नो नाम, सम्पर्क नम्बर, जग्गाधनी पुर्जामा हुने कित्ता नम्बरलगायत विवरणहरू राख्नुपर्ने हुन्छ । प्राप्त विवरणलाई नापी कार्यालयले कारोबार गर्न योग्य छ/छैन भनी प्रमाणित गर्छ ।

प्रमाणित भइसकेपछि मेरो कित्ताको साइटमा सेवाग्राहीले राखेको सम्पर्क नम्बरमा अनुरोध पुरा भयो भनी सन्देश जानेछ । त्यसपछि सेवाग्राहीले महालेखा नियन्त्रकको कार्यालयमा अनलाइन प्रणालीमार्फत राजस्व भुक्तानी गर्न आबद्ध जुनसुकै सेवा प्रदायकबाट राजस्व तिर्न सक्छन् ।

याे सुविधासँगै घर बनाउन, बैंकबाट कर्जा लिन वा जग्गाधनीको कुनै व्यक्तिगत प्रयोजनका लागि घरमै बसी डिजिटल नक्सा प्राप्त गर्न सकिन्छ । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार