बैसाख २६, २०८३ शनिबार May 9, 2026

‘मेरो कित्ता’ एप, घरमै बसेर जग्गाको नक्शा हेर्न, प्रिन्ट र राजश्व तिर्न पाईने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारले ‘मेरो कित्ता’ कार्यक्रम सुरु गरेको छ । आफ्नो जग्गा धनी पूर्जा, आफ्नो कित्ता आफू बसेकै ठाउँबाट अनलाइनमार्फत् हेर्न, प्रिन्ट गर्न र राजश्व तिर्नसक्ने गरी यो अनलाइन प्रणाली सुरु भएको हो ।

राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सेवाग्राही दमन्ता ढुंगानालाई नक्सा प्रिन्ट हस्तान्तरण गर्दै यो सेवाको सुरुवात गरे । यो प्रणाली सुरु भएपछि अब घर, भवन निर्माण वा खरिदबिक्री प्रयोजनका लागि जग्गाधनीले नापी कार्यालय पुगेर प्रिन्ट नक्सा लिनुपर्ने झन्झट बेहाेर्नु नपर्ने भएको छ ।

जग्गाधनीले आफ्नो रेकर्डअनुसारको जग्गाको नक्सा अनुकूल ठाउँबाट आफैं प्रिन्ट गरेर लिन मिल्ने गरी बिहीबारदेखि नापी विभागले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो ।

यो सेवा पहिलाे चरणमा काठमाडौं उपत्यकाका नापी कार्यालयहरूबाट सुरू हुँदै छ । यसअन्तर्गत काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयमा याे सेवा लागू हुने विभागले जनाएकाे छ ।

त्यसपछि क्रमशः देशभरका १ सय २६ वटा कार्यालयबाट यस्ताे सेवा प्रदान गरिने विभागका सूचना अधिकारी दामाेदर ढकालले बताए ।

‘मेरो कित्ता डट डिओएस डट जिओभी डट एनपी’ लगइन गरेर यो सेवा लिन सकिन्छ । विभागले पहिलो चरणमा बिहीबारबाट काठमाडौं उपत्यकाका ८ वटा नापी कार्यालयमा यो सेवा सुरु गर्न लागेको छ ।

यसका लागि विभागले ‘नेपाल ल्यान्ड इन्फर्मेसन सिस्टम’ (एनईएलआईएस) प्रणाली तयार पारेको छ । यसमार्फत सेवाग्राहीले घरमै बसी ‘मेरो कित्ता’ अनलाइन सेवा प्रणालीबाट नक्सा प्रिन्ट, फिल्डबुक प्रिन्ट र राजस्व भुक्तानी गर्न सक्नेछन् ।

याे सेवा लिन सेवाग्राहीले कुनै पनि ब्राउजरबाट मेराे कित्ता लगइन गर्नुपर्नेछ । सेवाग्राहीले आफ्नो नाम, सम्पर्क नम्बर, जग्गाधनी पुर्जामा हुने कित्ता नम्बरलगायत विवरणहरू राख्नुपर्ने हुन्छ । प्राप्त विवरणलाई नापी कार्यालयले कारोबार गर्न योग्य छ/छैन भनी प्रमाणित गर्छ ।

प्रमाणित भइसकेपछि मेरो कित्ताको साइटमा सेवाग्राहीले राखेको सम्पर्क नम्बरमा अनुरोध पुरा भयो भनी सन्देश जानेछ । त्यसपछि सेवाग्राहीले महालेखा नियन्त्रकको कार्यालयमा अनलाइन प्रणालीमार्फत राजस्व भुक्तानी गर्न आबद्ध जुनसुकै सेवा प्रदायकबाट राजस्व तिर्न सक्छन् ।

याे सुविधासँगै घर बनाउन, बैंकबाट कर्जा लिन वा जग्गाधनीको कुनै व्यक्तिगत प्रयोजनका लागि घरमै बसी डिजिटल नक्सा प्राप्त गर्न सकिन्छ । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
२०८३ बैसाख २६, शनिबार
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार