काठमाडौंः शिक्षा मन्त्रालयले कोरोना संक्रमण उच्च भएका जिल्लामा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को समन्वयमा स्थानीय निकायको निर्णयअनुसार विद्यालय बन्द गर्ने वा नगर्ने भन्नेबारे निर्णय गर्न अनुरोध गरेको छ ।
शुक्रबार मन्त्रालयमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको उपस्थितिमा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे अन्तरक्रिया भएको थियो । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणका हिसाबले अति जोखिममा रहेका भनी पहिचान गरेका जिल्ला र सहरमा डीसीसीएमसीको समन्वयमा सम्बन्धित स्थानीय तहको निर्णयबमोजिम विद्यालय बन्द गर्ने नगर्ने निर्णय गर्न शिक्षा मन्त्रालयले अनुरोध गरेको छ ।
पछिल्लो समय कोरोना संक्रमण बढिरहेको र त्यसबाट विशेषगरी विद्यालय जाने उमेर समूहका विद्यार्थीहरुमा संक्रमणको जोखिम उच्च रहेको जनस्वास्थ्यविद्हरुले बताउँदै आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया