मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

कर्णालीमा बढ्दो सवारी दुर्घटनाः २० महिनामा १६९ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काठमाण्डौंः कर्णाली प्रदेशमा बितेको  २० महिनामा करिब ४ सय ९५ वटा सवारी दुर्घटना हुँदा १ सय ६९ जनाको ज्यान गएको छ ।
जसमध्ये चालु आर्थिक वर्षको हालसम्म मात्रै २ सय ३१ वटा सवारी दुर्घटना हुँदा ७२ जनाको मृत्यु भएको कर्णाली प्रदेश ट्राफिक कार्यालयले जनाएको छ । जसमा ६१ पुरुष, ६ महिला, ४ बालक, १ बालिका गरी ७२ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष  २०७६–७७ मा २ सय ६४ वटा सवारी दुर्घटना भएका थिए । जसमा ६६ पुरुष, २३ महिला, ७ बालक, १ बालिका गरी ९४ जनाले ज्यान गुमाएका छन् ।
प्रदेश ट्राफिक कार्यालयको तथ्याङ्क अनुसार चालु आवमा सबैभन्दा धेरै मोटरसाइकल ६६ वटा दुर्घटना भएका छन् । यस्तै ट्रक २९, टिप्पर ६, बस २२, माइक्रो बस ७, जिप र कार ३०, ट्याम्पो १८, साना सवारी ११ अटो ५, अन्य २ वटा सवारी दुर्घटनामा परेका छन् । जसमा दुर्घटनामा परी ११७ जना शक्त घाइते र २ सय ४० जना साधारण घाइते भएका छन् ।
मुख्य समस्या चालकको लापरबाही 
अव्यवस्थित तथा साँघुरो सडक र नियम विपरीत सवारी चल्नु र सडकमा जेब्रा क्रसिङको व्यवस्था नहुनुले र मुख्य रुपमा चालकको लापरबाहीले सवारी दुर्घटना हुने गरेको ट्राफिक कार्यालय जुम्लाका असई कुशराज शाहीले बताउनुभयो ।
उहाँका अनुसार जुम्लाका अधिकांश चालकहरूले रातीको समयमा मदिरा सेवन गरी गाडी चलाउने गरेका छन् । गत दुई महिना पहिले प्रजिअ भुपेन्द्र थापाको नेतृत्वमा सवारी अनुगमन गर्दा मदिरा सेवन गरी गाडी चलाउने ४ जना चालकलाई नियन्त्रण गरिएको थियो ।
कर्णाली राजमार्गलाई सुरक्षित मार्ग बनाउन सङ्घ र प्रदेश सरकारको ध्यानाकर्षण नहुँदा समस्या भएको नागरिक अगुवा राजबहादुर महतले बताउनुभयो ।
कागजमै सीमित सडक सुरक्षा कार्यक्रम
कर्णाली प्रदेश सरकारले दुई वर्षअघि नै ‘सडक सुरक्षा कार्यक्रम’ सञ्चालन गरेको थियो यद्यपि यो कार्यक्रमको प्रभावकारिता भने खासै देखिन सकेको छैन । सडक सुरक्षा कार्यक्रम अन्तरगत प्रदेशका १० वटै जिल्लामा नियमित ट्राफिक जाँच तथा सडक अतिक्रमणलाई अटाउन तथा ट्राफिक नियमबारे जनचेला फैलाउन आवश्यक देखिन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
२०८३ मंग्सिर १, मंगलबार
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
२०८३ मंग्सिर १, मंगलबार