श्रावण ३०, २०८३ शनिबार August 15, 2026

प्रदेश नं १ को हिउँदे अधिवेशन अन्त्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रदेश नं १ को प्रदेशसभाको हिउँदे तथा सातौँ अधिवेशन आजदेखि अन्त्य भएको छ । अधिवेशनको आठौँ बैठक पनि दैनिक कार्यसूचीमा प्रवेशै नगरी अन्त्य भएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गर्नुभयो ।

आजको बैठकमा मुख्यमन्त्री शेरधन राईले सभालाई सम्बोधन गर्ने कार्यसूची थियो । प्रदेश नियमावली, २०७४ को नियम ३ बमोजिम प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको पत्र पढेर सुनाउने अर्को कार्यसूची थियो ।

सभामुख भण्डारीले प्रदेशसभा सञ्चालन गर्न तथा कार्यसूचीमा प्रवेश गराउन खोज्दा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाका सदस्यले उभिएर विरोध जनाएपछि सभामुख भण्डारीले पटकपटक आग्रह गर्दा पनि सदस्यले आसनग्रहण नगरेपछि प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर अधिवेशन अन्त्य भएको घोषणा गर्नुभयो ।

बैठक अन्त्य भएपछि आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेश सरकारले सदन पुनः सञ्चालन गर्न कांग्रेस, माओवादी केन्द्र र जसपासँग छलफल गर्दा पनि बैठक पुनः सञ्चालन हुने सम्भावना नदेखिएकाले आजै प्रदेश सरकारको मन्त्रिपरिषद्बाट अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख कार्यालयमा पत्राचार गरिएको र सोहीअनुसार अधिवेशन अन्त्य भएको प्रतिक्रिया दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपद्पछिको पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाउन पूर्व राष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
२०८३ श्रावण ३०, शनिबार
आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली
२०८३ श्रावण ३०, शनिबार
मधेश प्रदेशमा आवश्यकता अनुसार ट्रमा युनिट सञ्चालन हुन्छ : स्वास्थ्य मन्त्री मेहता
२०८३ श्रावण ३०, शनिबार
दक्षिण कोरियाली राष्ट्रपतिद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव
२०८३ श्रावण ३०, शनिबार
अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने
२०८३ श्रावण ३०, शनिबार
साहित्य र कला क्षेत्रको संरक्षण तथा संवर्द्धन गर्न प्रतिबद्ध छु : सभामुख
२०८३ श्रावण ३०, शनिबार