असार २२, २०८२ आइतबार July 6, 2025

प्रदेश नं १ को हिउँदे अधिवेशन अन्त्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रदेश नं १ को प्रदेशसभाको हिउँदे तथा सातौँ अधिवेशन आजदेखि अन्त्य भएको छ । अधिवेशनको आठौँ बैठक पनि दैनिक कार्यसूचीमा प्रवेशै नगरी अन्त्य भएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गर्नुभयो ।

आजको बैठकमा मुख्यमन्त्री शेरधन राईले सभालाई सम्बोधन गर्ने कार्यसूची थियो । प्रदेश नियमावली, २०७४ को नियम ३ बमोजिम प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको पत्र पढेर सुनाउने अर्को कार्यसूची थियो ।

सभामुख भण्डारीले प्रदेशसभा सञ्चालन गर्न तथा कार्यसूचीमा प्रवेश गराउन खोज्दा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाका सदस्यले उभिएर विरोध जनाएपछि सभामुख भण्डारीले पटकपटक आग्रह गर्दा पनि सदस्यले आसनग्रहण नगरेपछि प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर अधिवेशन अन्त्य भएको घोषणा गर्नुभयो ।

बैठक अन्त्य भएपछि आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेश सरकारले सदन पुनः सञ्चालन गर्न कांग्रेस, माओवादी केन्द्र र जसपासँग छलफल गर्दा पनि बैठक पुनः सञ्चालन हुने सम्भावना नदेखिएकाले आजै प्रदेश सरकारको मन्त्रिपरिषद्बाट अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख कार्यालयमा पत्राचार गरिएको र सोहीअनुसार अधिवेशन अन्त्य भएको प्रतिक्रिया दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
२०८२ असार २२, आइतबार
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा कुर्सी जडान सुरु
२०८२ असार २२, आइतबार
गाउँगाउँमा ताजिया खेलेर मोहर्रम मनाइँदै
२०८२ असार २२, आइतबार