असोज १२, २०८३ सोमबार September 28, 2026

एक सातादेखि अवरुद्ध हुम्लाको इन्टरनेट सेवा सूचारु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः हुम्लाको सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रमा विगत सात दिनदेखि अवरुद्ध इन्टरनेट सेवा शुक्रबार दिउँसोबाट सूचारु भएको छ ।

कालिकोट जिल्लाको महाबुलेखमा रहेको रिपिटर टावरमा खराबी आएपछि अबरुद्ध बनेको इन्टरनेट सेवा मर्मतपछि शुक्रबार दिउँसो तीन बजेबाट पुनः सञ्चालनमा आएको हो ।

शनिबार बेलुकाबाट अवरुद्ध भएको इन्टरनेट सेवा सञ्चालनमा आउँदा जिल्लामा सञ्चालित एक दर्जन बढी बैंक तथा बित्तीय संस्थालाई सहज भएको छ ।

महाबुलेखमा रहेको रिपिटर टावरमा पुगेको प्राविधिकको टोलीले रिपिटर टावरमा बिग्रिएको सामग्रही परिवर्तन गरेपछि आजबाट इन्टरनेट सेवा सञ्चालनमा आएको नेपाल टेलिकम हुम्लाका प्रमुख शिव भट्टराईले बताए ।

इन्टरनेट नहुँदा ७ दिनदेखि ठप्प रहेको जिल्लाका बैंक तथा वित्तीय संस्थाहरुको कारोबार ईन्टरनेट सेवा सूचारु भएसँगै सम्पुर्ण सेवाहरु सञ्चालनमा आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति ट्रफि शुभारम्भ
२०८३ असोज १२, सोमबार
अध्यक्ष लिङ्देनको अभिव्यक्तिविरुद्ध राप्रपाकै सात सांसद अदालत पुगे
२०८३ असोज १२, सोमबार
विशिष्ट व्यक्तिको पक्राउ नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
२०८३ असोज १२, सोमबार
देउवा कांग्रेसले महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्न तोक्यो शुल्क, सभापतिका लागि ३० हजार
२०८३ असोज १२, सोमबार
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे
२०८३ असोज १२, सोमबार
शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट
२०८३ असोज १२, सोमबार
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनामा सर्वोच्चको गम्भीर ध्यानाकर्षण
२०८३ असोज १२, सोमबार