श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सामसुङको ‘नयाँ वर्ष, एक्सचेञ्जको हर्ष’ योजना सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः सामसुङले एनसेलसँगको सहकार्यमा नयाँ वर्ष–२०७८ को अवसरमा नयाँ एक्सचेन्ज योजना ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ ल्याएको छ ।
सामसुङले एनसेलसँगको सहकार्यमा ग्राहकले सजिलै आफ्नो पुरानो बार फोन अर्थात् फिचर फोन नयाँ फोरजी चल्ने स्मार्ट फोनसँग साट्न सक्ने योजना ल्याएको हो ।
डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने एनसेलको ‘फास्ट फरवार्ड लाइफ’ अभियान अन्तर्गत यस योजनामा ग्राहकले हरेक महिना १वर्षसम्म १ जिबीका दरले एनसेल डेटा पाउन सक्नेछन् भने सामसुङको तर्फबाट ग्राहकले नयाँ फोरजी चल्ने स्मार्टफोन पाउनेछन् ।
नयाँ वर्ष योजना ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ नेपाललाई डिजिटल बन्न योगदान पुर्‍याउने सामसुङको प्रतिबद्धता अनुरूप ल्याइएको हो । यससँगै ग्राहकले उत्कृष्ट स्मार्ट फोनको अनुभव लिँदै असीमित डिजिटल सम्भावनाहरूसँग आफूलाई जोड्न सकिने सामसुङले जनाएको छ ।
एनसेलको डेटासँग बन्डल गरी ल्याइएको यस योजनाले नयाँ वर्ष–२०७८ को उपलक्ष्यमा ग्राहकको जीवनमा उत्साह एवं खुसी थप्ने विश्वास सामसुङले लिएको छ ।
यस एक्सचेन्ज योजनामा ग्राहकले सामसुङको झण्डै दुई दिनसम्म टिक्ने ५००० एमएएच ब्याट्री भएको सामसुङ् ग्यालेक्सी एम ०१ कोर र सामसुङ् ग्यालेक्सी एम ०२ स्मार्टफोन लिन सक्छन् ।
एम ०१ कोरमा १ जि बी र्‍याम र १६ जि बी स्टोरेज क्षमता रहेको छ । एम ०२ मा ग्राहकले आफ्नो आवश्यकता अनुसार २ जि बी र्‍याम र ३२ जि बी स्टोरेज वा ३ जि बी र्‍याम र ३२ जि बी स्टोरेज क्षमता भएको दुई सेटमध्ये कुनै एक लिन सक्छन् । एम ०१ कोर र एम ०२ सेटमा ग्राहकले सजिलै स्मार्ट फोन चलाउन सक्ने इन्टरफेस रहेको छ जसले गर्दा पहिला स्मार्टफोन चलाएको अनुभव भएका ग्राहकले पनि सजिलै यी सेटहरू चलाउन सक्छन् ।
आफूसँग पुरानो भएको कुनै पनि पुरानो बार फोनसँग ग्राहकले तत्काल नयाँ स्मार्टफोन साट्न सक्छन् । पुरानो बार फोन दिई त्यसको सट्टामा नयाँ फोन लिन दुई वटा आधारभूत सर्तहरू लागू हुनेछन् ।
पहिलो पुरानो मोबाइल स्विच अन गर्न मिल्ने अवस्थाको हुनुपर्दछ । दोस्रो फोनको ब्याट्री फुलेको अवस्थामा हुनुहुँदैन अर्थात् ब्याट्रीले काम गरेको हुनुपर्दछ । यी दुई सर्तहरू पूरा भएको खण्डमा ग्राहकको फोनलाई उपयुक्त मूल्याङ्कन गरिने छ र नयाँ फोन किन्नका लागि न्यूनतम रु ८०० ग्यारेन्टीका साथ छुट प्रदान गरिनेछ ।
यो योजना २०७८ वैशाख १ गतेदेखि सीमित अवधिसम्मका लागि सञ्चालनमा रहने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार