असार २२, २०८२ आइतबार July 6, 2025

गण्डकीका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्ध गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश गरिएको छ । आजबाट सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनमा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले संसदमा अविश्वासको प्रस्ताव पेश गरेको हो ।

गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समावादी पार्टीका २८ प्रदेशसभा सदस्यको हस्ताक्षर सहित बैशाख २ गते संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । अविश्वासको प्रस्ताव दर्ता अगावै चालु अवस्थामा रहेको हिउँदे अधिवेशन सरकारकातर्फबाट अन्त्य भएपछि विपक्षीहरुले विशेष अधिवेशनको माग गरेका थिए ।

दलहरुको माग अनुसार प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो दुई बजेका लागि विशेष अधिवेशन आव्हान गर्नुभएको थियो । विशेष अधिवेशनमा मुख्यमन्त्रीका विरुद्धमा दर्ता भएको अविश्वासको प्रस्तावका विषयमा छलफल गरेर मतदान गर्ने कार्यतालिका रहेको छ ।

यस अगाडि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बैशाख १५ गते भित्रै अविश्वासको प्रस्तावलाई मतदानमा लैजने गरी सहमति भएको थियो । अविश्वासको प्रस्ताव लैजादा मुख्यमन्त्रीका प्रस्तावक नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको मर्म अनुसार जननिर्वाचित संसद र सरकार पाँच वर्षनै चल्नुपर्ने भएपनि प्रधानमन्त्रीले संसद विघटन गरेर असंवैधानिक काम गरेको आरोप लगाए ।

दल विभाजन भएको र सत्ताधारी दलले समर्थन फिर्ता लिदा समेत मुख्यमन्त्रीले विश्वासको मत नलिई अनावश्यक चलखेल गरेकाले अविश्वासको प्रस्ताव ल्याउनुपर्ने अवस्था रहेको पोखरेलले बताए । विशेष अधिवेशनमा अहिले प्रदेशसभा सदस्यहरुले आआफ्ना भनाईहरु राख्नेक्रम सुरु भएको छ ।

गण्डकी प्रदेशसभामा नेकपा एमालेका २७, नेपाली काँग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका तीन, जनता समाजवादीका दुई र एक स्वतन्त्र रहेका छन् । हाल मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई एक स्वतन्त्र गरी २८ प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
२०८२ असार २२, आइतबार
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा कुर्सी जडान सुरु
२०८२ असार २२, आइतबार
गाउँगाउँमा ताजिया खेलेर मोहर्रम मनाइँदै
२०८२ असार २२, आइतबार