असार २२, २०८२ आइतबार July 6, 2025

दुई अध्यादेश सर्वसम्मत पारित, दुई विधेयक प्रदेशसभामा टेबुल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनको दोस्रो बैठकबाट दुई अध्यादेश सर्वसम्मत पारित भएको छ । दुईवटा विधेयक भने प्रदेशसभामा टेबुल गरिएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा सभामुख राजबहादुर शाहीले अनुमति दिएसँगै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रशासकीय कार्यविधि नियमित गर्ने पहिलो संशोधन अध्यादेश, २०७७ र प्रदेश लोकसेवा आयोग दोस्रो संशोधन अध्यादेश २०७७, स्वीकृत गरियोस् भनी सभासमक्ष प्रस्ताव गर्नुभएको थियो । प्रस्तावित दुवै अध्यादेश सभाबाट सर्वसम्मत पारित भएका छन् ।

कानूनमन्त्री भण्डारीले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ सभासमक्ष टेबुल गर्नुभयो । सामाजिक विकासमन्त्री विमला केसीले पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयसम्बन्धी स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, २०७६ सभासमक्ष टेबुल गर्नुभयो ।

त्यस्तै, सामाजिक विकास समितिका अध्यक्ष देवी ओलीले कर्णाली प्रदेशको स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथि संशोधन प्रस्ताव पारित भएको छलफलको प्रतिवेदन पेश गर्नुभएको थियो ।

बैठकको विशेष समयमा नेकपा एमाले प्रदेशसभा दलका नेता यामलाल कँडेलले सरकारलाई जनभावनाअनुरुप अगाडि बढाउने मामिलामा सहयोग रहने बताउनुभयो । वैशाख ३ गतेको घटनालाई स्मरण गर्दै उहाँले कतिपय प्रदूषित कुराले नेकपा एमाले राष्ट्रव्यापी चर्चाको विषय बनेको र कर्णालीमा घटित घटना राजनीतिक अपराध भएको टिप्पणी गर्नुभयो ।

प्रदेशसभा सदस्य जीवनबहादुर शाहीले कर्णालीमा कोभिडको भयावह अवस्था देखापरेको जनाउँदै यसको व्यवस्थापनमा सरकारले ढिला गर्न नहुनेमा जोड दिनुभयो ।

त्यसैगरी, प्रदेशसभा सदस्यद्वय ठम्मर विष्ट र पद्मा खड्काले कोरोनासँग सम्बन्धित चिकित्सकहरुको अभाव रहेको औँल्याउँदै प्रदेश सरकारले समन्वयको भूमिकालाई प्रभावकारी बनाएर लैजानुपर्ने सुझाव दिनुभएको थियो । प्रदेशसभाको तेस्रो बैठक वैशाख १४ गते अपराह्न २ बजे हुने सभामुख शाहीले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार