काठमाण्डौंः बलिउडका चर्चित जोडीहरुमध्ये एक धर्मेन्द्र र हेमा मालिनी विगत एक वर्षदेखि छुट्टै बसिरहेका छन् । उनीहरुले १ वषभन्दा लामो समयदेखि एक अर्कालाई भेटेका छैनन् ।
अघिल्लो वर्ष कोरोनाभाइरसका कारण भारतमा लकडाउन हुनुअघि धर्मेन्द्र मुम्बइभन्दा बाहिर रहेको फार्महाउस गएका थिए । त्यतिबेलादेखि उनीहरुको भेट भएको छैन ।
स्पटब्वायसँगको कुराकानीका क्रममा हेमाले यसको खुलासा गरेकी हुन् । कुराकानीमा उनले भनिन् ‘यो उहाँको सुरक्षाको लागि राम्रो छ । यतिबेला हामी साथमा रहनु भन्दा धेरै उहाँको स्वास्थ्यको बारेमा सोचिरहेका छौं । हामी सबैभन्दा खराब संकटबाट गुज्रिइरहेका छौं । यदि हामीले सभ्यतालाई बचाउनु छ भने हामी बलियो हुनुपर्छ । भलै यसको अर्थ बलिदान दिनु किन नहोस् ।’
धर्मेन्द्र लामो समयदेखि फार्महाउसमा बसिरहेका छन् । उनले त्यहाँ खेती गर्दै गर्दाका फोटो र भिडियोहरु सामाजिक संजालमा शेयर गर्छन् । हालै उनले आम जनतालाई कोरोना भ्याक्सिन लगाउन पनि सल्लाह दिएका थिए । धर्मेन्द्रले भनेका थिए ‘म सबैलाई कोरोना भ्याक्सिन लगाउन सिफारिस गर्छु । खासगरी वृद्धहरुलाई । यदि हामीले यो भाइरसलाई रोक्नु छ भने सामाजिक दूरी र भ्याक्सिनको उपाय छ । मानिसहरुले मास्क नलगाएको देख्दा मलाई दुःख लाग्छ ।’ – एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया