कार्तिक १५, २०८३ आइतबार November 1, 2026

कोरोना लागेको व्यक्तिले यी खानेकुरा ध्यानपूर्वक सेवक गर्न जरुरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कोरोना भाइरसको संक्रमण नहोस् भन्नका लागि हामीले विभिन्न खानेकुराहरूको प्रयोग गरिरहेका हुन्छाैं । यस किसिमका खानेकुराले हाम्रो शरीरलाई बलियो बनाउन मद्धत गर्दछ भने रोग प्रतिरोधात्मक क्षमतालाई पनि कमजोर हुनबाट बचाउँछ । कोरोनाको यो महामारीमा स्वास्थ्यसँग सम्बन्धित कुनै पनि किसिमको सम्झौत गर्नु राम्रो हुँदैन।

अहिलेको कोरोना कालमा हाम्रो शरीरलाई रोग लाग्नबाट बचाउनु नै महत्वपूर्ण विषय बनेको छ । यसका लागि के खाने जस्ता कुरामा ध्यान दिन आवश्यक रहेको छ भने के नखादाँ राम्रो हुन्छ भन्ने विषयमा पनि ध्यान दिन उतिकै आवश्यक छ ।

कोरोना लागेको व्यक्तिले खानेकुरा ध्यानपूर्वक सेवक गर्न जरुरी छ । पोजेटिभ आएपछि बिरामीले भिटामिन सी, भिटामिन डी, मिनरलस, जींक जस्ता पोषक तत्व भएको दाल, सिमी, माछा, मासु, अण्डा, आदि खानेकुराको बढी सेवन गर्नु पर्छ ।

यस्तै, कोरोना संक्रमित भएका व्यक्तिले निम्न खानेकुराहरुबाट टाढै बस्न आवश्यक हुन्छः

१.प्याक गरिएको खाना  

कोरोना संक्रमित भएका व्यक्तिले प्याक गरिएको खानाबाट टाढै बस्न आवश्यक हुन्छ । यो खानेकुरा बासी हुने भएकाले यस किसिमका खानेकुरामा शरीरलाई चाहिने पोषक तत्वकोे कमी हुन्छ । प्याक गरिको खानाभन्दा बढी फाइदा ताजा पकाइएका खानेकुरामा ताजा आफूलाई मन पर्ने किसिमले पकाएर खाने बानी बसालौ । यदि आफन्तलाई कोरोना संक्रमण भई आईसोलेसनमा बसेको छ भने पनि ताजा र पोषिलो खानेकुराहरु खान दियौँ ।

२.मसालेदार खाना

कोरोना लागेको व्यक्तिले धेरै मसालेदार खानाको सेवन गर्नु हुँदैन । थारै मसाला ठिक हुन्छ तर धेरै सेवन गर्नाले यसले नकरात्मकम रुप लिन सक्छ । कोरोना लागेको व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमतमको कमी भएको हुन्छ । त्यसैले मसालेदार खानाको सट्टा सादा र पोषिलो खानामा ध्यान दिन आवश्यक छ । खानामा खिचडीको प्रयोग पनि राम्रो मानिदै आएको छ । खानामा खिचडीको प्रयोग गर्दा खाना छिट्टै पच्छ र स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।

३.चिसो पेय पदार्थ

कोरोना संक्रमित व्यक्तिले चिसो पेय पदार्थ तथा सोडा भएको पेय पदार्थको सेवन गर्नु राम्रो हुँदैन । कोरोना संक्रमित व्यक्तिले भने तातो पानी, बेसार पानी, काँढा, कागती पानी जस्ता पदार्थको सेवन गर्नु नै राम्रो हुन्छ । कागती पानीले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्धत गर्दछ । दूध बेसार पाि राम्रो मानिदै आएको छ  ।

४.तारेको खानेकुराहरु 

बनाउन सजिलो भएता पनि तारेको खानाले हाम्रो शरीरललाई भने फाइदा गर्दैन । तारेको खानामा अस्वस्थ बोसोको मात्रा बढी रहेको हुन्छ जसले गर्दा पच्न गाह्रो हुन्छ । तारेको तथा फ्राई गरिएको खानेकुराले शरीरको तौल बढ्ने गर्दा यसले अन्य रोगहरु पनि निम्त्याउने गर्छ । यस किसिमको खानेकुराले रोग प्रतिरोधात्मक क्षमतमलाई असर पुर्याउने गर्छ । यस किसिमका खानेकुराभन्दा ताजा तथा काचो फलफूल शरीरका लागी फाइदाजनक रहेको हुन्छ ।

खानेकुरा र हाम्रो स्वास्थ्यको गहिरो सम्बन्ध रहेको हुनाले आफ्नो खानेकुराको छनौट गर्दा विशेष ध्यान दिने गरौँ र स्वस्थ बनौँ । नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार
देशभर ४३ विपद्का घटना, १३ जना घाइते
२०८३ कार्तिक १५, आइतबार
कोशी प्रदेश प्रमुख खापुङको कार्यकाल पूरा, मुख्यमन्त्रीसँग गरे विदाइ भेट
२०८३ कार्तिक १५, आइतबार
रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
२०८३ कार्तिक १५, आइतबार
इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प
२०८३ कार्तिक १५, आइतबार
‘अब विश्वविद्यालय नवउद्यमी उत्पादनका केन्द्र बन्नुपर्छ’
२०८३ कार्तिक १५, आइतबार