असार ५, २०८३ शुक्रबार June 19, 2026

‘यदि हाम्रो विरुद्वमा संसद्मा बहुमत पुग्यो भयो भने हामी तत्काल सरकार छोडेर विपक्षमा बस्न तयार छौं’ : बिशाल भट्टराई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

देशमा महामारीमा छ, जनताहरु उपचार नपाएर मरिरहेका छन्, अनित तपाईँहरुलाई सत्ता प्यारो भयो है ?

जसले सरकार खोजिरहनुभएको छ, जसले सरकारमा जानको लागि प्रयास गरिरहनुभएको छ । अनेक किसिमका गठबन्धन निर्माण गर्दै हुनुहुन्छ । उहाँहरुलाई सोध्नुपर्यो । अहिले हामीहरुलाई हटाउन खोजेको कारणले, जसले हटाउन खोज्दैछ उहाँहरुला पो तपाँईले भन्ने हो त ।

अहिले प्रधानमन्त्रीले किन विश्वासको मत लिन खोज्नुभएको त ?

विश्वासको मत किन लिनुपर्यो भनेदेखि विगतमा हामी जुन दलसंग गठबन्धन गरेर चुनावमा हुमिएका थियौँ । त्यो गठबन्धनलाई बहुमत प्राप्त भयो तर सिंगल रूपमा नेकपा (एमाले) लाई बहुमत प्राप्त नभएको हुनाले हामी अल्पमतको सरकार संसदमा हामी सधै चलाउन सक्दैन थियौँ । बजेट पास गर्नुपर्यो । नीति तथा कार्यक्रम पास गर्नुपर्यो । विधेयकहरु पास गर्नुपयो, हाम्रो १२१ सिट संख्याले त त्यो पास हुनसक्ने स्थिति थिएन । त्यही भएर अस्तिको अधिवेशनमा पनि हामीले खास विधेयक ल्याउन सकेनौँ । कसको के पोजिसन हो ? र को कहाँ उभिन्छ ? भन्ने कुराको अनिश्चयमा हामीले तिनी विद्येयकहरु लान मिल्दैन थियो त्यसैले कुनै न कुनै दिनमा हामीले संसदमा बहुमत निर्माण गर्नका लागि कसनै न कुनै प्रस्ताव त लानैपर्छ नि त । हामीसंग बाध्यता पनि छन् ।

अहिलेको अवस्थामा जनताको जीवनको ख्याल गर्ने बेला होईन र ? तपाँईहरुलाई अहिले एमाले कसरी जोगाउने र सरकार कसरी जोगाउने भन्ने चिन्तामात्रै देखियो नि ?

कोभिडको बारेमा हामीले ध्यान दिएका छैनौँ भन्ने कुरा विल्कुलै गलत हो । सरकारले आफ्नो क्षमताले भ्याएसम्म कोभिड नियन्त्रणका लागि र जनताको जीवनका लागि हरसम्भव प्रयासहरु गरेको छ । हिजो कोभिड सुरुमा हामीकहाँ देखापर्दाखेरि जुन खालको अवस्था थियो । एउटा पिसिआर टेस्ट गर्नको लागि स्वाब हङकङ लानुपरेको थियो । अहिले तत्काल मुलुकका एक सयभन्दा बढि ठाउँमा हामी बीसौं हजार चेक गर्नसक्ने भएका छौँ । अहिले हामीहरुले धेरै व्यापक मात्रामा सुधार गयौँ । ठुला ठूला राष्ट्रहरु पनि यो कोभिड नियन्त्रणमा असफल भईरहेका बेला सरकारले ध्यान नदिएको भन्ने कुरा होईन, हामीहरुले गरेका सारा गतिविधिहरु अनिमात्र थाहा हुन्छ ।

होईन, जनताले परीणाम खोजेका छन नि ? गफ र भाषण त खोजेका छैनन् नि ?

उपचारकै कुरा मैले तपाईँलाइ बताईरहेको छु । हाम्रो देशको जनसंख्या, आर्थिक अवस्था अहिले हामी जुन अवस्थामा बाँचिरहेका छौँ, यो अवस्थामा सरकारले गर्नसक्ने प्रयासहरु हरसम्भव गरको छ । र, खाली सत्ताका लागि हुने गरेका बैठकले त्यसलाई कुनैपनि प्रभाव नपर्नेगरी हामीले सिसिएमसी निर्माण गरेर व्यापक रूपमा अभियान चलाएका छौं । त्यसैले सरकारले काम गरेको छैन भन्ने होईन । देशमा एउटा सरकार हुँदाहुँदै अहिले राजनीतिक रूपमा अहिले जुन अस्थिरता निम्त्याउन खोजियो र अर्को सरकार निर्माण गर्न खोजियो, यो गलत काम हो । सरकार बनाउनकै लागि अहिले विभिन्न बैठकहरु भएका छन् । देशी-विदेशी चलखेलहरु भए हाम्रो विरूद्धको गठबन्धन निर्माण गर्ने कोशिसहरु भएका छन् । त्यसका लागि त प्रतिरक्षा गर्नुपर्यो नि त । नत्र बहुमत नपुगेर त कसैको पनि सरकार बन्दैन् ।

प्रधानमन्त्रीको पक्षमा बहुमत पुगेन नि ? तपाईँहरुलाई बहुमत पुर्याउनको लागि हम्मे हम्मे परेका छ, अब प्रधानमन्त्रीले के गर्नुहुन्छ ? राजीनामा दिनुहुन्छ कि ?

हामीहरुले पटक–पटक भन्दै आएका छौँ कि वर्तमान सरकारले इतिहासमा धेरै कामहरु अगाडि बढाएको छ । गुमेको भूमिलाई फिर्ता ल्याउनको लागि नेपालको नयाँ नक्सामा नक्साङकित गरेर नक्सा जारी गर्ने काम भएको छ । त्यस्तै, अहिले थुप्रै विकास निर्माण र भौतिक पूर्वाधारका काम अघि बढेका छन् । त्यस्तै, सामाजिक र मानवीय संशाधनको क्षेत्रमा पनि सरकारले व्यापक रुपमा काम गरेको छ । तर, त्यति गर्दागर्दै पनि हामीसंग त एकल बहुमत त थिएन । अरु कसैले हाम्रो विरुद्धमा बहुमत निर्माण गर्दा त हामीले सरकारमा बसिरहने कुरा हुँदैन् । त्यसैले गर्दा यदि उहाँहरुको बहुमत बन्यो भने त हामी जहिले पनि प्रतिपक्षमा बस्न तयार छौँ भनेकै छौँ । नेकपा एमाले ईतिहाँसमा सबैभन्दा बढि प्रतिपक्षमा बसेको पाटी होईन भन्या ? यो कुरा त तपाईँ-हामी सबैलाई थाहा छ नि त ।

तर, नेपालमा त ‘पानीबिनाको माछा र सत्ताबिनको एमाले’को परिकल्पना भनेर सबैले भनेका छन् नि ? के भन्नुहुन्छ ?

यो भनेको ईतिहाँसमा देखिएका सबै तथ्यहरुको खण्डनमात्रै होईन, यो ईतिहाँसमाथिको चुनौती हो । यो ईतिहासले यो बताउदैन् । ईतिहासमा सबैभन्दा धेरै प्रतिपक्षको कुर्सीमा बसेको कुनै पार्टी छ भने त्यो नेकपा (एमाले) हो । हामीलाई जनताले भोट दिँदाखेरि त सरकारमा बस्नु एउटा कुरा हो । तर, हामीले चाहेर पनि सरकारमा जान खोजेको कहिल्यै पनि छैन । अहिले त सबैभन्दा ठुलो पार्टी त एमाले नै त हो नि । १२१ सिट ल्याएको छ । अब एमालेले सरकारमा बस्न नखोजेर कस्ले खोज्छ त ? यदि हाम्रोविरुद्धमा संसद्मा बहुमत भयो भने तत्काल सरकार छोडेर हामी विपक्षमा बस्न तयार छौँ । धेरैपटक विपक्षमा बसेर जनताको काम गरेर हामीहरुले फेरि चुनाव जितेका पनि छौँ नि त । रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार