असोज १३, २०८३ मंगलबार September 29, 2026

चितुवाको छालासहित पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः जिल्ला प्रहरी कार्यालय सुर्खेतले चितुवाको छालासहित एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले गुर्भाकोट नगरपालिका–९ सुर्खेतका २६ वर्षीय वीरेन्द्रकुमार खत्रीलाई बुधबार बेलुका ५ः०० बजे पक्राउ गरेको हो ।

खत्रीले चितुवाको छाला बोकी आएको भन्ने विशेष सूचनाका आधारमा खटिई गएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा सोही नगरपालिका–३ कुरिल्ले भन्ने ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

“छिन्चु–जाजरकोट पक्की सडक खण्डमा खत्रीले बोटेचौरबाट सल्लीबजारतर्फ जाँदै गरेको भे४प ४८८७ नंको मोटरसाइकल रोकी जाँच गर्दा झोलामा लुकाइछिपाइ राखेको टाउकोदेखि पुच्छरसम्म भएको चितुवाको छालासहित उनलाई पक्राउ गरिएको हो”, प्रहरी नायब उपरीक्षक घर्तीले भने, “खत्रीलाई आवश्यक कारवाहीका लागि गुर्भाकोट सबडिभिजन वन कार्यालय मेहलकुना सुर्खेत पठाइएको छ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग
२०८३ असोज १३, मंगलबार
इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयारः अमेरिकी अधिकारी
२०८३ असोज १३, मंगलबार
दीपक मनाङ्गे देउवा कांग्रेस प्रवेश, मनाङमा महाधिवेशन गर्ने जिम्मा
२०८३ असोज १३, मंगलबार
रुस-युक्रेन युद्ध अन्त्य गर्न पोप लियोको आग्रह
२०८३ असोज १३, मंगलबार
राष्ट्रपति पौडेलसमक्ष भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
उपराष्ट्रपति यादवसँग भारतीय राजदूतको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार