वैशाख २४, २०८१ सोमबार May 6, 2024

ओलीको राष्ट्रवाद लिपुलेक र कालापानीमा पुगेर लम्पसारवादमा परिणत भयो : देउवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनमार्फत सरकारका पक्षमा जनमत छैन भन्ने सन्देश दिनुपर्ने बताएका छन् । केपी ओली सरकारलाई ‘तिमी गलत बाटोमा छौं, अब सच्चिनुपर्छ’ भन्नकै लागि पनि यो उपनिर्वाचन कांग्रेसले जित्नुपर्ने उनको तर्क छ ।

पोखरा-१६ मा शनिबार आयोजित उपनिर्वाचन लक्षित चुनावी सभालाई सम्वोधन गर्दै देउवाले कम्युनिष्ट सरकारले जनताका हक अधिकार खोस्ने काम गरेको, न्यायालय, प्रेस, संवैधानिक अंगहरूमा हस्तक्षेप गर्न उद्धत रहेको आरोप लगाएका छन ।
जनताले थेग्नै नसक्ने गरी कर वृद्धि गर्ने सरकारको कदमलाई सच्याउन पनि यो निर्वाचनमा कांग्रेसलाई जिताउनुपर्ने उनको जोड छ । देउवाले ओलीको राष्ट्रवाद लिपुलेक र कालापानीमा पुगेर लम्पसारवादमा परिणत भएको आरोप लगाएका छन ।

‘हामीले प्रधानमन्त्री स्वयंलाई भेटेर भारतले मिचेका भूभाग फिर्ता ल्याउन पहल गर, हामी साथ दिन्छौं भन्यौं । सडकबाट आन्दोलन गरेर सरकारका बन्द आँखा र कान खोल्न खोज्यौं तर सरकार मौन छ । कानमा तेल हालेर बसिरहेको छ’, उनले भने ।

देउवाले तपस्वी नेता खेमराज पौडेललाई न्याय दिने दायित्ज कास्कीका जनताकोहातमा रहेको बताएका छन ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई धोका दिने कम्युनिष्ट कहिल्यै पनि जनताको पार्टी बन्न नसक्ने स्पष्ट पारेका छन । अनेक भ्रम छरेर अघिल्लो चुनाव जितेपनि अब कम्युनिष्टलाई जनताले राम्रोसँग बुझिसकेको उनले बताएका छन । उनले भने, ‘खेमराजले चुनाव जितेर सांसद मात्रै बन्दैनन्, अधिनायकवादी कम्युनिष्ट सरकारलाई लोकतान्त्रिक बाटोमा हिडाउन पनि सघाउँछन् ।’

सभामा महामन्त्री डा। सशांक कोइरालाले कम्युनिष्ट सरकारले मुलुकलाई भेनेजुयला र रुवाण्डा बनाउन खोजेको बताएका छन । ‘सरकार मुलुक, जनता, लोकतन्त्र, संविधानको हितमा छैन । संघीयता, गणतन्त्र, समावेशिताको हितमा छैन’, उनले भने, ‘सरकार सच्चिन पनि यो चुनाव कांग्रेसले जित्न आवश्यक छ ।’

केन्द्रीय सदस्य डा. रामशरण महतले कांग्रेसले दुःख गरेर बनाएको राज्यकोषमा कम्युनिष्ट सरकार ब्रम्हलुट मच्चाउन उद्धत रहेको आरोप लगाएका छन ।

युवा नेता गगन थापाले स्व. रवीन्द्र अधिकारीको सपना पूरा गर्नका लागि भोट दिने हो भने त्यो रवीन्द्रप्रति अपमान हुने बताएका छन । हिजोका दिनमा पृथ्वीनारायण शाहको पुस्ता भन्दैमा राजाले छुट पाउन नहुने उनको तर्क थियो ।

कांग्रेस उम्मेदवार खेमराज पौडेलले जनताकै साथमा हातेमालो गर्दै अघि बढ्न तयार रहेको बताएका छन ।

गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा, कुमार खड्का, नेतृ लक्ष्मी पाण्डे लगायतले सभालाई सम्बोधन गरेका छन् । शनिबार नै कांग्रेसमा प्रवेश गरेका वामपन्थी नेता माधवप्रसाद पराजुलीले विपिको प्रजातान्त्रिक समाजवाद अंगीकार गर्दै अघि बढ्नका लागि आफू नेपाली कांग्रेसमा प्रवेश गरेको बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार
पाकिस्तानी सैनिकको कारबाहीमा दश संदिग्ध अतिवादी मारिए
२०८१ वैशाख २४, सोमबार
निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतले खेलेको भूमिका महत्वपूर्ण : राष्ट्रपति पौडेल
२०८१ वैशाख २४, सोमबार
एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छ : मन्त्री भण्डारी
२०८१ वैशाख २४, सोमबार
माधव नेपालले बोलाए संसदीय दलको बैठक
२०८१ वैशाख २४, सोमबार
प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै सभामुख
२०८१ वैशाख २४, सोमबार
२५ लाख रुपैयाँभन्दा बढीको अवैध भारतीय सामान बरामद
२०८१ वैशाख २४, सोमबार