कार्तिक १५, २०८३ आइतबार November 1, 2026

मानिसलाई किन हाई आँउछ ? यस्तो छ वैज्ञानिक कारण ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः हाई काढ्नु स्पाईनल कर्ड र स्नुयुकेन्द्रहरुले नियन्त्रण गर्ने थुप्रै कार्यहरुमध्ये एक हो । बैज्ञानिकहरुले मानिसमा श्वास प्रश्वासको तालमेल नमिलेर हाई आउने गरेको बताँउछन् ।

उनीहरुका अनुसार जब हाम्रो शरिर भित्रको रगतमा कार्बनडाईअक्साईड र अक्सिजनको मात्रा मिल्दैन तब हामीलाई हाई आउछ भन्ने रहेको छ ।

प्रायः अल्छी लाग्दा वा थाकेको बेला हामीलाई हाई आउछ । हाम्रो रगतमा कार्बनडाईअक्साईडको मात्रा बढी हुँदा र अक्सिजनको प्रवाह आवश्यक पर्दा हाई काढ्न मन लाग्छ । तर हाई काढ्दा अक्सिजनको मात्रा बढी पनि हुने हैन नत रगतमा कार्वनडाईअक्साईडको मात्रा कम नै हुन्छ । दिमागमा हाम्रो ईमोसन, मुड, भोक र अन्य गतिबिधि लाई असर गर्ने न्युरोट्रान्समिटर नामक रसायनका कारण हाई आउछ ।

हामीले हाई काढ्दा अक्सिजन धेरै मात्राम फोक्सोमा पुग्छ र यसले हाम्रो मुटुको धड्कन लाई पनि बढाई दिन्छ । यसले गर्दा हाम्रो मष्तिस्कको स्नायुहरुमा अक्सिजनको मात्रा बढ्छ र हामिलाई केहि मात्रामा जागृत हुन मद्दत मिल्छ । तर निकै धेरै अनुसन्धानहरुका बाबजुद बैज्ञानिकहरुले हाई काढ्ने प्रक्रियाका थुपै प्रश्नहरुको जवाफ दिन सकेका छैनन् ।

त्यसैले यदि तपाई बोलिरहनु भएको समयमा कुनै व्यक्तिले हाई काढ्यो भने तपाईको बोलिको कारणले उसलाई अल्छी लागेर हाई काढेको नबुझ्नुहोस । उसको हाई काढ्नुको मतलव उसको रगतमा अक्सिजन र कार्वनडाईअक्साईडको मात्रामा भएको अनियमितता मात्र हो ।

सोधकर्ताका अनुरार मानिसले जीवनभरीमा २.४ लाखदेखि २.५ लाख सम्म र दिनमा ५–१० पटक सम्म हाई काढ्छ । उनीहरुका अनुसार हाई करिब ६ सेकेण्ड सम्मको लामो हुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार
देशभर ४३ विपद्का घटना, १३ जना घाइते
२०८३ कार्तिक १५, आइतबार
कोशी प्रदेश प्रमुख खापुङको कार्यकाल पूरा, मुख्यमन्त्रीसँग गरे विदाइ भेट
२०८३ कार्तिक १५, आइतबार
रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
२०८३ कार्तिक १५, आइतबार
इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प
२०८३ कार्तिक १५, आइतबार
‘अब विश्वविद्यालय नवउद्यमी उत्पादनका केन्द्र बन्नुपर्छ’
२०८३ कार्तिक १५, आइतबार