असार २, २०८३ मंगलबार June 16, 2026

मानिसलाई किन हाई आँउछ ? यस्तो छ वैज्ञानिक कारण ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हाई काढ्नु स्पाईनल कर्ड र स्नुयुकेन्द्रहरुले नियन्त्रण गर्ने थुप्रै कार्यहरुमध्ये एक हो । बैज्ञानिकहरुले मानिसमा श्वास प्रश्वासको तालमेल नमिलेर हाई आउने गरेको बताँउछन् ।

उनीहरुका अनुसार जब हाम्रो शरिर भित्रको रगतमा कार्बनडाईअक्साईड र अक्सिजनको मात्रा मिल्दैन तब हामीलाई हाई आउछ भन्ने रहेको छ ।

प्रायः अल्छी लाग्दा वा थाकेको बेला हामीलाई हाई आउछ । हाम्रो रगतमा कार्बनडाईअक्साईडको मात्रा बढी हुँदा र अक्सिजनको प्रवाह आवश्यक पर्दा हाई काढ्न मन लाग्छ । तर हाई काढ्दा अक्सिजनको मात्रा बढी पनि हुने हैन नत रगतमा कार्वनडाईअक्साईडको मात्रा कम नै हुन्छ । दिमागमा हाम्रो ईमोसन, मुड, भोक र अन्य गतिबिधि लाई असर गर्ने न्युरोट्रान्समिटर नामक रसायनका कारण हाई आउछ ।

हामीले हाई काढ्दा अक्सिजन धेरै मात्राम फोक्सोमा पुग्छ र यसले हाम्रो मुटुको धड्कन लाई पनि बढाई दिन्छ । यसले गर्दा हाम्रो मष्तिस्कको स्नायुहरुमा अक्सिजनको मात्रा बढ्छ र हामिलाई केहि मात्रामा जागृत हुन मद्दत मिल्छ । तर निकै धेरै अनुसन्धानहरुका बाबजुद बैज्ञानिकहरुले हाई काढ्ने प्रक्रियाका थुपै प्रश्नहरुको जवाफ दिन सकेका छैनन् ।

त्यसैले यदि तपाई बोलिरहनु भएको समयमा कुनै व्यक्तिले हाई काढ्यो भने तपाईको बोलिको कारणले उसलाई अल्छी लागेर हाई काढेको नबुझ्नुहोस । उसको हाई काढ्नुको मतलव उसको रगतमा अक्सिजन र कार्वनडाईअक्साईडको मात्रामा भएको अनियमितता मात्र हो ।

सोधकर्ताका अनुरार मानिसले जीवनभरीमा २.४ लाखदेखि २.५ लाख सम्म र दिनमा ५–१० पटक सम्म हाई काढ्छ । उनीहरुका अनुसार हाई करिब ६ सेकेण्ड सम्मको लामो हुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वकपमा अर्को सनसनी नजिक पुगेको साउदी, उरुग्वेले अन्तिममा गर्यो बराबरी
२०८३ असार २, मंगलबार
विश्वकपमा बेल्जियमको निराशाजनक सुरुआत, इजिप्टसँग खेल्यो बराबरी
२०८३ असार २, मंगलबार
नेपाल र चीनबीच एकअर्काका संवेदनशीलताप्रति साझा प्रतिबद्धता
२०८३ असार १, सोमबार
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र
२०८३ असार १, सोमबार
गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा
२०८३ असार १, सोमबार
कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा
२०८३ असार १, सोमबार
कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत
२०८३ असार १, सोमबार