असार २३, २०८२ सोमबार July 7, 2025

अक्सिजन बाँड्ने काम सांसदको होइन, भोलि सांसदले मै उपचार गर्छु भने के गर्ने ?- डा. जागेश्वर गौतम (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

देशभरि अक्सिजन अभाव छ । अक्सिजन अभावमा ठाउँठाउँमा बिरामीको निधन पनि भयो । कहाँ कति बिरामी छन्, अक्सिजनको अवस्था के छ भन्ने जानकारी लिने र सोहीअनुसार वितरण गर्नुपर्नेमा अहिले सांसदहरूले सकेजति सिलिन्डर जम्मा गर्ने, वितरण गर्ने र फोटो खिचाउने होड चलेको छ । अक्सिजन जनताको आधारभूत अधिकार हो, तर सांसदको बलबुताले मात्र पाउने हो ?

अक्सिजन वितरणको काम स्वास्थ्य मन्त्रालयले गर्ने हो । जसको जे जिम्मेवारी छ उसले त्यही काममा ध्यान दिनुपर्छ । सांसदहरूले आफूखुसी अक्सिजन माग्दै र बाँड्दै हिँड्ने होइन । कसैले त्यसो गर्छ भने सरासर गलत हो । सांसद र मन्त्रीले आफ्नो सरकारलाई विश्वास गर्नुपर्छ । भोलि कुनै सांसदले म आफैँ उपचार गर्छु भन्नुहोला, त्यसरी बिरामी निको हुँदैन । उहाँहरूले जनताका माग राख्ने हो, काम सम्बन्धित निकायले गर्छ । सरकारले अक्सिजन वितरणको जिम्मेवारी स्वास्थ्य मन्त्रालयलाई दिएको छ । उहाँहरूले सरकारलाई विश्वास गर्नुपर्छ ।

तर, सांसदले हातहातमा सिलिन्डर लिएर हिँडेका छन्, घरमा स्टोर गरेका छन् । पहुँचवाला मन्त्री वा सांसद भएन भने त्यहाँका जनताले के गर्ने ?

हामीले दिएको सिलिन्डर घरघरमा लग्न पाइँदैन । हामीले सांसदलाई होइन, अस्पताललाई अक्सिजन दिएका हौँ । अस्पतालको पत्रका आधारमा यहाँबाट पठाइएको छ । त्यसमा सांसदले जस–अपजस पाउनुपर्ने केही छैन । मन्त्री वा सांसद भएकाले दिएको होइन । अक्सिजनमा पहुँचवाला सांसद र मन्त्री भएर केही हुँदैन । आवश्यकताका आधारमा वितरण भएको छ र हुन्छ । अस्पतालले नै हामी आउन सकेनौँ पठाइदिनु भनेर पत्राचार गरेपछि हामीले सांसदलाई पठाउनु ठूलो विषय होइन ।

अक्सिजन र सिलिन्डर वितरण अस्तिसम्म सिसिएमसी र अहिले स्वास्थ्य मन्त्रालयले गर्ने भनिएको छ । जनप्रतिनिधिको रूपमा सांसदहरूले माग गर्न सक्छन्, ध्यानाकर्षण गराउन सक्छन्, तर सिलिन्डर उनीहरूलाई नै जिम्मा दिनु कति उपयुक्त छ ?

सांसदहरूको दबाबमा अक्सिजन सिलिन्डर दिइएको छैन । अक्सिजन वितरण गर्ने जिम्मेवारी स्वास्थ्य मन्त्रालयको हो । हामीले कुन–कुन अस्पताललाई कति सिलिन्डर दिने भनेर तोकेका छौँ, त्यसमा दायाँबायाँ भएको छैन । अहिले निधेषाज्ञा छ, त्यसैले जिल्लामा पठाउने सिलिन्डर कुनै सांसद जाँदा म लैजान्छु भन्छ भने दिने हो । त्यो सांसदको दबाब र प्रभाव भन्ने केही पनि छैन, सिसिएमसीले वितरण गर्ने भनेर निर्णय भएपछि कोटा लागू भएको हो । अहिले स्वास्थ्य मन्त्रालयले सिलिन्डर वितरणमा मापदण्ड नै बनाएको छ । कोटा होइन, बिरामीको संख्याका आधारमा अक्सिजन वितरण हुन्छ । १० जना बिरामी भेन्टिलेटरमा छन् भने २४ घन्टामा २१ सिलिन्डर र ५० जनाजति बिरामी एचडियूमा भए ८१ सिलिन्डर दिने मापदण्ड बनाइएको छ । यो अस्पतालको अधिकार हो । कसैको भनसुनले बढ्ने र घट्ने होइन । हो, अस्पताल लिन आउन नसकेको अवस्थामा स्वास्थ्य मन्त्रालयले आफ्नै गाडी प्रयोग गरी सामान पठाउँदै आएको छ ।

कतिसम्म भने चीनबाट अनुदानमा आएका सिलिन्डर सांसदको घरमा देखिए । जिल्लाकै लागि लगिएका हुन् भने पनि ती सिलिन्डर सरकारी संयन्त्रबाट जानुपर्ने हो । तर, सांसदले घरमा राख्ने, आफ्नो समय मिलाएर जिल्ला लग्ने र आपूmलाई पायक परेको ठाउँमा वितरण गर्दा जिल्लामाथि पनि न्याय भयो र ?

हामीले अक्सिजन सिलिन्डर सीधै अस्पतालमा पठाउने हो । सीधै अस्पतालको नाम किटान गरेर पठाउँछौँ । तर, सांसद कसैले बदमासी गरेका छन् भने त्यो गलत हो ।
चीनबाट आएका अक्सिजन सिलिन्डर प्रदेशअनुसार वितरण भएका छन् । तर, प्रदेशमा सिलिन्डर कसले ल्याएको हो भन्ने र जस लिने होडबाजी छ । प्रदेश २ मा ८५ सिलिन्डर गएका छन् । मन्त्री जुलीकुमारी महतोले प्रदेश २ मा कोटा नै थिएन, मैले आफ्नो प्रदेशमा ल्याएँ भन्नुभएको छ । प्रदेश २ को सरकारले कोटाअनुसार पाएको बताएको छ ।

अक्सिजनमा पनि पहुँचको लडाइँ किन भइरहेको छ ?

चीनबाट आएका चार सय थान सिलिन्डर प्रदेश एक र प्रदेश नम्बर २ बाहेक अन्य प्रदेशमा आवश्यकता हेरेर गएको छ । ८५ वटा सिलिन्डर प्रदेश २ मा पठाइएको छ । अब आउने सिलिन्डर प्रदेश २ मा पठाउँछौँ । त्यो स्वाभाविक प्रक्रियाअनुसार जाने हो । त्यसमा अन्यथा गर्नुपर्ने कुनै कारण छैन ।

अहिले अक्सिजनको माग र आपूर्तिको अवस्था के छ ?

कोरोना तीव्र गतिमा बढ्दै गएपछि अक्सिजनको धेरै अभाव भएको हो । किनकि कोरोनाले ग्रसित बिरामीलाई ठूलो मात्रामा अक्सिजन दिनुपर्ने हुन्छ । अहिले पनि अक्सिजनको धेरै माग छ । केही दिनअगाडि भन्दा अहिले सहज हुन थालेको छ । तर, पनि मागअनुसार आपूर्ति हुन सकेको छैन । सीमित उद्योगहरू भएकाले उनीहरूबाट उत्पादन भएको अक्सिजनले अहिले अस्पतालको माग धान्न सकेको छैन । सकेसम्म हामीले सहज बनाउने प्रयास गरेका छौँ ।

राजधानीमा अक्सिजन कसरी वितरण भइरहेको छ ? प्रदेश र जिल्लामा कमान्ड कसको छ ?

सोमबारसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै कोरोना संक्रमित काठमाडौं उपत्यका र लुम्बिनी प्रदेशमा छन् । उपत्यकाका धेरै अस्पतालमा आफ्नै प्लान्ट छ । प्लान्ट आफ्नै भएका अस्पतालमा किन्नुपर्दैनथ्यो । तर, अहिले कोरोना त्यहाँ पनि अत्यधिक बढेको छ । भेन्टिलेटरमा राखिएका संक्रमितलाई प्रतिमिनेट ५० लिटरसम्म अक्सिजन दिनुपर्छ । दमको गम्भीर बिरामीलाई प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिँदा पुग्नेमा अहिले कोभिडका बिरामीलाई प्रतिमिनेट ५० लिटरसम्म अक्सिजन दिनुपरेको छ । त्यसैले अक्सिजनको अभाव भएको हो । प्लान्टले अक्सिजन उत्पादन गरेर दिएमा कसैले पनि त्यसको ‘कमान्ड’ गर्नुपर्दैन । किनकि अस्पताल आफैँले अक्सिजन उद्योगसँग सम्झौता गरेको हुन्छ । सोही आधारमा उनीहरूले अक्सिजन पाउने हुन् । विगतमा मागभन्दा उत्पादन धेरै थियो । त्यसैले अक्सिजन उद्योग ८ देखि १० घन्टा मात्र चल्दै आएका थिए । तर, उद्योग अहिले २४सै घन्टा चलेका छन् । तैपनि माग बढी भएकाले धान्न गाह्रो परेको छ । त्यसैले सहज रूपमा मिलाउन स्वास्थ्य मन्त्रालयले जिम्मेवारी लिएको हो । ११आँै तहका दुई चिकित्सकले त्यसको सहजीकरण गरिरहनुभएको छ । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार