असार २३, २०८२ सोमबार July 7, 2025

अर्को पार्टी खोल्ने निर्णय गर्‍यौं : माधव कुमार नेपाल (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एमाले फेरि फुटको दिशामा लागेको हो ?

केपी शर्मा ओलीले धकेलेर त्यतै पुर्‍याउँदै हुनुहुन्छ । अर्को पार्टी खोल्न बाध्य पार्दै हुनुहुन्छ ।

तपाईंहरूकै चाहिँ कुरा के हो त ?

ओलीजीको प्रतिगमनविरुद्ध राजनीतिक र कानुनी दुवै लडाइँमा जाने हाम्रो स्थायी कमिटीको निर्णय नै छ । हाम्रो आज (शनिबार) पनि बैठक बसेको थियो, उहाँको अलोकतान्त्रिक कदमविरुद्ध संघर्ष गर्ने निर्णय गरेका छौं ।

तपाईंको समूहका स्थायी कमिटी सदस्यहरू अहिले नि एकै ठाउँमा हुनुहुन्छ र ?

को–को हुनुहुन्थ्यो भनेर नसोध्नुस्, हाम्रो स्थायी कमिटी बैठक बसेको थियो र हामीले यही निर्णय गर्‍यौं ।

यही निर्णय भनेको नयाँ पार्टी खोलेर जाने भन्ने हो ?

स्वाभाविक हो नि ।

तर तपाँईंहरूले शुक्रबार गरेको निर्णयले त न प्रतिनिधिसभा जोगियो, न एमाले जोगाउन सक्नुभयो, घाटा त यहाँहरूलाई नै भयो हैन ?

प्रतिनिधिसभामाथि ओलीजीले नै एकपछि अर्को प्रहार गर्न थालेपछि हामीले के गर्न सक्छौं र ? हामीले त जोगाउन सक्दो प्रयत्न गरेकै हो नि । उहाँले असंवैधानिक कदम चालेपछि हाम्रो उपाय लागेन । प्रतिनिधिसभा र लोकतन्त्र जोगाउन हामी फेरि पनि लागेका छौं । जो लोकतन्त्र र प्रतिनिधिसभा जोगाउन लाग्छ, उसैले कम्युनिस्ट पार्टी जोगाउने हो ।

लोकतन्त्र जोगाए मात्र न कम्युनिस्ट पार्टी हुनुको उपादेयता रहने हो । लोकतन्त्र, गणतन्त्र र परिवर्तनविरुद्धमा, विदेशी दासताको पक्षमा, विदेशीले लगाएको काममा लागेपछि त कसरी प्रतिनिधिसभा जोगिन्छ ?

तपाईंहरूले पनि समयमै निर्णय गर्न त नसक्नुभएकै हो नि ?

निर्णय गर्न त सबै पाक्नुपर्‍यो । यत्तिकै निर्णय गरेर भएन ।

लोकतन्त्र जोगाउने भन्ने तर आफ्नो पार्टी अध्यक्षलाई हराउन अर्को पार्टीकालाई सहयोग गर्ने दोहोरो चरित्र भयो भन्ने आक्षेप छ, स्पष्टीकरण नै सोधिएको छ ?

हामीसँग कुनै मतलब नराखेर उहाँले नै दक्षिणपन्थीहरूसँग साँठगाँठ गरेको होइन ? उहाँले एकलौटी गर्नुभएको छ । विदेशीसँग याचना गर्नुभएको छ । ओलीजीले सोधेको स्पष्टीकरणबारे के कुरा गर्नु !

पार्टी एकताका लागि गठन भएको कार्यदल के हुन्छ ?

त्यो कार्यदलको औचित्य उहाँले सिध्याइदिनुभयो । यत्रो कार्यदल बनेको छ, सरसल्लाह गर्नुपर्दैन ? सोध्दै नसोधी संसद् विघटन गर्ने ? केही सल्लाह गर्नुपर्दैन ? अध्यादेश ल्याउनुअघि केही सल्लाह गर्नुपर्दैन ? कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार