बैसाख २६, २०८३ शनिबार May 9, 2026

६ हजार एमएएच ब्याट्रीसहित सामसङ ग्यालेक्सी एम ३२ आउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सामसङले ग्यालेक्सी एम सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ल्याउने भएको छ । डेक्रा सर्टिफिकेशन एजेन्सीले सार्वजनिक गरेकाे विवरणमा सामसङले ६ हजार एमएएच ब्याट्री भएको ग्यालेक्सी एम ३२ ल्याउन लागेको उल्लेख गरिएकाे छ ।

माेडल नम्बर एसएम-ए३२५एफभी/डीएस (SM-M325FV/DS) मा आउने यो फोनले हालै वाईफाई एलायन्स सर्टिफिकेशन प्राप्त गरेको छ । यसअन्तर्गत एम३२ डुअल ब्याण्ड वाईफाई (२ गिगाहर्ज र ५ गिगाहर्ज फ्रिक्वेन्सी) सहित आउने भएकाे छ ।

सो विवरणमा फोनबारे अधिक फिचर खुलाइएको छैन । विभिन्न स्रोतले यसमा एन्ड्राेइड ११, ६.४ इन्चको एमोलेड डिस्प्ले र ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, ६ जीबी र्‍याम रहने उल्लेख गरेका छन् ।

कम्पनीले एम सिरिजका फोन मिडरेञ्ज सेगमेन्टमा उपलब्ध गराउँदै आएको छ । विश्लेषकरूले यो फोन पनि फरक डिजाइन र सस्तो मूल्यमा उपलब्ध हुने अनुमान गरेका छन् । -टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
२०८३ बैसाख २६, शनिबार
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार