बैसाख २६, २०८३ शनिबार May 9, 2026

के फेसबुकमा आफ्नो फोटो अरुले सेभ गर्न नसक्ने बनाउन मिल्छ ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विश्वभर सामाजिक सञ्जाल फेसबुकका सक्रिय फेसबुक प्रयोगकर्ता झण्डै ३ अर्ब छन् । नेपालमा पनि दिनहुँ फेसबुकका प्रयोगकर्ता बढिरहेका छन् । प्रयाेगकर्ता बढिरहँदा कतिपयलाई आफ्नो गोपनीयता जोगाउने चिन्ता छ । यद्यपि प्रयोगकर्ताका लागि आफ्नो इच्छाअनुसार प्राइभेसी सेटिङका विकल्प यहाँ नभएका हाेइनन् ।

यसैबीच धेरै प्रयाेगकर्ताले साेधिरहने एउटा प्रश्न हाे, के फेसबुकमा आफ्नो फोटो अरुले सेभ गर्न नसक्ने बनाउन मिल्छ ? यस्ताे प्रश्न साेध्ने प्रयाेगकर्ताका लागि फेसबुकले दिने उत्तर हाे, ‘मिल्दैन‘ ।

वास्तवमा तपाईंले फेसबुकमा आफ्नो फोटो पब्लिक वा अरूले देख्ने गरी पाेस्ट गर्नुभएकाे छ भने जाेसुकैले फोटो सेभ, स्क्रिनशट वा डाउनलोड गर्न सक्छन् । हालकाे प्रोफाइल र कभर फोटो ‘वन्ली मी’ अप्सनमा राख्दासमेत अन्यले स्किनशट लिएर फाेटाे सेभ गर्न सक्छन् ।

तर फेसबुकमा अन्य फाेटाे कसैले सेभ नगरोस् भन्ने चाहना छ भने तपाईंसँग एउटै विकल्प हो ‘वन्ली मी’ । याे विकल्प प्रयाेग गर्दा आफ्ना नजिकका साथीले समेत तपाईंकाे फाेटाे हेर्न पाउँदैनन् ।

निश्चित साथीले मात्रै फाेटाे हेर्न सकाेस् भन्नका लागि आफ्नो फेसबुक प्रोफाइलमा गएर फाेटाे वा एल्बमकाे दायाँतर्फ रहेकाे थ्री डट (…) आइकनभित्र ‘एडिट प्राइभेसी’ वा ‘एडिट पाेस्ट अडियन्स’ फिचर प्रयाेग गर्न सक्नुहुन्छ । याे फिचर प्रयाेग गरेर तपाईं कम्तीमा फेसबुकमा साथी नभएका व्यक्तिहरुबाट जाेगिन भने सक्नुहुन्छ ।

फाेटाे पब्लिक गर्न चाहनुभएकाे छैन भने याे फिचरकाे प्रयाेग गरी आफ्ना फेसबुक साथीका लागि मात्रै, निश्चित व्यक्तिबाहेक अन्य सबै साथीका लागि वा निश्चित साथीहरूका लागि मात्र फाेटाे भिजिबल गर्न सक्नुहुन्छ । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
२०८३ बैसाख २६, शनिबार
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार