श्रावण २, २०८२ शुक्रबार July 18, 2025

के फेसबुकमा आफ्नो फोटो अरुले सेभ गर्न नसक्ने बनाउन मिल्छ ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विश्वभर सामाजिक सञ्जाल फेसबुकका सक्रिय फेसबुक प्रयोगकर्ता झण्डै ३ अर्ब छन् । नेपालमा पनि दिनहुँ फेसबुकका प्रयोगकर्ता बढिरहेका छन् । प्रयाेगकर्ता बढिरहँदा कतिपयलाई आफ्नो गोपनीयता जोगाउने चिन्ता छ । यद्यपि प्रयोगकर्ताका लागि आफ्नो इच्छाअनुसार प्राइभेसी सेटिङका विकल्प यहाँ नभएका हाेइनन् ।

यसैबीच धेरै प्रयाेगकर्ताले साेधिरहने एउटा प्रश्न हाे, के फेसबुकमा आफ्नो फोटो अरुले सेभ गर्न नसक्ने बनाउन मिल्छ ? यस्ताे प्रश्न साेध्ने प्रयाेगकर्ताका लागि फेसबुकले दिने उत्तर हाे, ‘मिल्दैन‘ ।

वास्तवमा तपाईंले फेसबुकमा आफ्नो फोटो पब्लिक वा अरूले देख्ने गरी पाेस्ट गर्नुभएकाे छ भने जाेसुकैले फोटो सेभ, स्क्रिनशट वा डाउनलोड गर्न सक्छन् । हालकाे प्रोफाइल र कभर फोटो ‘वन्ली मी’ अप्सनमा राख्दासमेत अन्यले स्किनशट लिएर फाेटाे सेभ गर्न सक्छन् ।

तर फेसबुकमा अन्य फाेटाे कसैले सेभ नगरोस् भन्ने चाहना छ भने तपाईंसँग एउटै विकल्प हो ‘वन्ली मी’ । याे विकल्प प्रयाेग गर्दा आफ्ना नजिकका साथीले समेत तपाईंकाे फाेटाे हेर्न पाउँदैनन् ।

निश्चित साथीले मात्रै फाेटाे हेर्न सकाेस् भन्नका लागि आफ्नो फेसबुक प्रोफाइलमा गएर फाेटाे वा एल्बमकाे दायाँतर्फ रहेकाे थ्री डट (…) आइकनभित्र ‘एडिट प्राइभेसी’ वा ‘एडिट पाेस्ट अडियन्स’ फिचर प्रयाेग गर्न सक्नुहुन्छ । याे फिचर प्रयाेग गरेर तपाईं कम्तीमा फेसबुकमा साथी नभएका व्यक्तिहरुबाट जाेगिन भने सक्नुहुन्छ ।

फाेटाे पब्लिक गर्न चाहनुभएकाे छैन भने याे फिचरकाे प्रयाेग गरी आफ्ना फेसबुक साथीका लागि मात्रै, निश्चित व्यक्तिबाहेक अन्य सबै साथीका लागि वा निश्चित साथीहरूका लागि मात्र फाेटाे भिजिबल गर्न सक्नुहुन्छ । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार