श्रावण १४, २०८३ बिहिबार July 30, 2026

थारु समाजको वास्तविक कथाले भरिएको चलचित्र ‘निपुत्र’ सार्वजनिक (भिडियोमा हेर्नुहोस्)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः थारु भाषाको छोटो चलचित्र ‘निपुत्र’ सार्वजनिक भएको छ। राजु राजदेब चौधरीले निर्दशन गरेको चलचित्रमा थारु समाजको कथा उथाइएको छ जहाँ एक नि:सन्तान महिलाले भोगिरहेको सामाजिक र पारिवारिक कथा चित्रण गरिएको छ।

सप्तरीमा खिचिएको चलचित्र ऋषिका चौधरी, शोभानंद चौधरी,एमडि आलम,आकाश बिक, आरके पाण्डे,सोभाकान्त चौधरी लगायातका कलाकारहरुले अभिनय गरेका छन्।

लोकेन्द्र राज चौधरीले निर्माण गरेको चलचित्रमा राजु राजदेब चौधरीको कथा ,कोपि कान्छुको मेकअप ,अनिल शाहको छायांकन,निरज कुमार चौधरीको सम्पादन देख्न सकिन्छ।

सेबिल एंटरटेनमेंटको ब्यानरमा निर्माण गएको चलचित्रले नि:सन्तान महिलालाइ हेर्ने सोच परिबर्तन गर्नुपर्नेमा जोड दिएको छ।  चलचित्रका अन्य २ पार्टहरु क्रमस रिलिज हुने निर्माण पक्ष बताउछ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया