असार २३, २०८२ सोमबार July 7, 2025

मेगा बैंक बन्यो ‘बैंक अफ दि इयर’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड सन् २०१९ का लागि ‘बैंक अफ दि इयर’ बन्न सफल भएको छ।

बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्स्ले प्रकाशित गर्ने ९० वर्ष भन्दा बढी इतिहास बोकेको विश्वविख्यात पत्रिका ‘दि बैंकर’ले सन् २०१९ का लागि अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित ‘बैंक अफ दि एयर २०१९, नेपाल’ बाट मेगा बैंकलाई सम्मान गरेको हो।

लण्डनमा बिहीबार साँझ आयोजित एक समारोह बीच मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले ‘बैंक अफ दि एयर, २०१९’को सम्मान ग्रहण गरेका छन।

‘दि बैंकर’ले विश्वभरका १ सय २० भन्दा बढी राष्ट्रहरुका १ हजार भन्दा बढी बैंकहरुमध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनौट गरी बैंक अफ दि इयर पुरस्कारबाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको छ।

सम्मान ग्रहण गरेपछि मेगा बैंकका अध्यक्ष शाहले अनवरत रुपमा ग्राहकवर्गलाई उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै थप हौसलाका साथ अघि बढ्न यो सम्मान मेगा बैंकका लागि महत्वपूर्ण कोसेढुङ्गाको रुपमा स्थापित भएको व्यहोरा व्यक्त गरेका छन। अध्यक्ष शाहले मेगा बैंकको सफलता एवं उपलब्धिमा सहयोग, साथ तथा हौसलाद्वारा महत्वपूर्ण योगदान पु¥याउने ग्राहकवर्ग, सेयरधनी, कर्मचारी, नियामक निकायहरु, सञ्चारजगत् लगायत शुभेच्छुकहरुप्रति आभार र कृतज्ञता समेत व्यक्त गरेका छन।

यसैगरी, मेगा बैंककी सीइओ अनुपमा खुञ्जेलीले नौ वर्षको छोटो सञ्चालन अवधिमै गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गरेर प्रतिस्पर्धाको अग्रपङ्क्तिमा रहन सफल भएकै कारण मेगा बैंकले ‘बैंक अफ दि एयर, २०१९’ को उपाधि हासिल गरेको बताइन्। उनले आगामी दिनहरुमा बैंकलाई थप सबल, समृद्ध एवं सक्षम बनाउन सबैको निरन्तर साथ र सहयोग रही रहने विश्वास प्रकट गर्दै आगामी दिनहरुमा समेत उत्कृष्ट सेवा प्रदान गर्न मेगा बैंक सदैब कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गरिन्।

यसै साता मेगा बैंकले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय व्यवस्थापन प्रणाली अनुशरण गरेवापत ‘आईएसओ ९००१ः२०१५’ प्रमाणपत्र समेत प्राप्त गरेको थियो। तीब्रगतिका साथ ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकका १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, ११२ वटा एटिएम मेसिन, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु तथा २,५०० भन्दा अधिक मेगा रेमिटका प्रतिनिधिहरु रहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार